कृष्ण मल्ल नेपाल - TopicsExpress



          

कृष्ण मल्ल नेपाल हाल विभिन्न खाले राजनैतिक निणर्यको नाममा धर्मलाई अघोषित प्रतिबन्ध लगाउनेकार्य भएको कुरा सर्वविखितैछ । विश्वको मानचित्र मा धार्मीक सापेक्ष राज्यहरु प्रशस्त छन र ती देश मा विकाश पनि भएका छन् । इराक,इरान एंव साउदी अरेविया जस्ता देशहरु पनि धर्म सापेक्षता कायम नै छ । के ती देशहरुमा धर्म विकास मा बाधक बनेका छन ? के त्यहां विकास भएको छैन त ? धर्म लाई विकास मा बाधक ठान्नेहरु ले के बुझनुपर्दछ भने धर्म अनुशासन,इमान्दा रिता र कर्तव्यनिष्ठता लाई परिभाषित गर्ने एउटा स्परुप हो । धर्म र राजतन्त्र एक आपसमा अन्यान्याश्रीत सम्बन्ध रहेको शब्द हरु हुन । तसर्थ धर्म लाई प्रथम प्रहार गरी । राजतन्त्र लाई निमिट्यान्न गर्ने एउटा कुटिल चाल थियो । राजा शोषक सामान्त होइन राजा त वास्तवमा राज्य र जनता को एकल नेतृत्व को सुखद परिचायक हो । राज्य मा कसैले मनपरी रुपमा कार्य गर्न नपाउन का लागी एउटा सु– अपरोध हो राजा । तर राज्य लाई गलत एंव छाडा, विकृत रुपमा प्रयोग गर्न रुचाउने हरुले । राजा लाई प्रमुख बाधक को रुपमा देख्दछन । राजा धर्म को र राज्यको असल संरक्षक हो तर्सथ पथभ्रष्ट एंव वैदैशिक स्यालका खोल ओढेका हरु को पश्चिमी नजरिया ले गरेको गलत विश्लेषण ले हाम्रो धर्मलाई कठिन मोडमा खडा गरिदिएका छन् जुन हाम्रो लागी सह्य छैन । धर्म सापेक्ष हिन्दु राष्ट्र को रुपमा परिचित नेपाल को पहिचान लाई क्रमिक रुपमा खोक्रो बनाई राजनैतिक र आर्थिक रुपले नेपाल लाई असफ राष्ट्र बनाउने चलखेल यहांका नेता भनाउदा हरु ले पूणरुपले साथ दिएका छन् । यसलाई रोक्नका लागी समयमानै यदी सोच्न सकिएन भने पछि राम राम भन्नु बाहेक अर्को विकल्प रहने छैन राष्ट्र धर्म प्रत्यक व्यतिmको एउटा अलग्गै पहिचान हो तर यहांनिर आफ्नै पहिचान लाई नै समाप्त पारी अरु व्यक्तिको र राष्ट्र को नाममा परिचय दिने बानी परेका नेता हरु ले धर्म को मोलतोल गर्न के पछि हट्थे र आफ्ना पार्टी का सिद्धान्त र आर्दश समेत अरुको ्बोके र हिडने हरु ले यसो गरे भन्दै मा आत्तिहाल्नूु पर्ने केही छैन । तर हामी सचेत नागरिक को हैसियत ले समय मा सचेत भई धर्म राष्ट्र संरक्षण का लागी । लागी पर्नु पर्ने आज को आवश्यकता हो ।
Posted on: Sun, 10 Nov 2013 01:23:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015