वैद्य चुनावमा आए चार दल - TopicsExpress



          

वैद्य चुनावमा आए चार दल मिति सार्न तयार प्रचण्डले आजै टुंग्याऔं भनेपछि झण्डै उठे वैद्य ३० साउन, काठमाडौं । नेकपा-माओवादीसहितका ३३ दल चुनावमा आउने सुनिश्चित भए मंसिर ४ का लागि तोकिएको संविधानसभाको चुनाव सार्न प्रमुख चार दल तयार भएका छन् । निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट ३३ दलसँग मंगलबार भएको वार्तामा उच्चस्तरीय राजनीतिक समितिमा सम्मिलित चार दलका शीर्ष नेताहरुले नयाँ तोकिने चुनावमा बैद्य माओवादीसहितका दलहरु निर्शत सहभागी हुने भए मंसिर ४ को चुनाव सार्न सकिने बताएका हुन् । barta नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा भएको वार्तामा ३३ दलले वार्ता प्रक्रिया अघि बढाउन मंसिर ४ का लागि घोषित चुनावको प्रक्रिया स्थगित गर्नुपर्ने माग गरेका थिए । ‘चुनावी प्रक्रिया स्थगित गरेर मुद्दाहरुमा छलफल गर्दैजाउँ भन्ने हाम्रो प्रस्ताव हो’ समाजिक लोकतान्त्रिक पार्टीका नेता पासाङ शेर्पाले अनलाइनखबरसँग भन्नुभयो-’उहाँहरुले मिति सार्दैमा चुनावमा आउने ग्यारेन्टी के भन्नुभयो ।’ स्रोतका अनुसार बैठकको सुरुमा राजनीतिक समितिका संयोजक एवं एमाओवादीका अध्यक्ष प्रचण्डले ३३ दलको अधिकांश माग पूरा गर्न नसकिने भन्दै सहमति हुने-नहुने आजै टुङ्गो लगाउने प्रस्ताव गर्नु भएको थियो । ‘गोलमेच सम्मेलन गर्ने, सरकार विस्तार र राजनीतिक समिति खारेज वा पुनर्गठनबारे छलफल गर्न सकिन्छ’ प्रचण्डको भनाई उदृत गर्दै स्रोतले भन्यो-’तपाईहरुको सबै सबै पूरा गर्न सकिने अवस्था छैन । अधिकांश मागहरु घोषित निर्वाचन धकेल्ने जस्तो मात्र खेखियो ।’ उहाँले मंसिर ४ मा चुनाव गर्ने सर्तमा २५ बुँदे संशोधन गर्न सकिने बताउनु भयो । प्रचण्डले आजै टुंग्याऔं भनेपछि झण्डै उठे वैद्य प्रचण्डले आजै अन्तिम टुंगो गर्ने बताएपछि माओवादी अध्यक्ष मोहन वैद्यसहितका नेताहरुले चार दल चुनावप्रति गम्भीर नभएको आरोप लगाएका थिए । प्रचण्डले आजै टुंग्याऔं भन्नासाथ अब वार्ता गर्नुको औचित्य छैन भन्दै ३३ दलका नेताहरु उठ्न खोजेका थिए । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आजै सहमति गर्नुपर्छ भन्ने छैन भनेपछि प्रचण्डले आफ्नो भनाइ सच्याउनु भएको थियो । छलफलका क्रममा माओवादी सचिव देव गुरुङले चुनाव स्थगितको माग गरेपछि एमाले अध्यक्ष झलनाथ खनालले गुरुङलाई रोकेर मिति सार्दैमा तपाईहरु चुनाव आउने के ग्यारेन्टी भनी प्रश्न गर्नुभएको थियो । जवाफमा मोर्चाका नेताहरुले चुनावमा भाग लिने प्रतिवद्धता जनाउने प्रस्ताव गरेके एक नेताले बताए । तर, चार दलका नेताहरुले भने मंसिर ४ को चुनाव स्थगित गर्ने हो भने अर्को चुनावमा निःशर्त सहभागी हुनु पर्ने प्रस्ताव गरेका छन् । चार दल र ३३ दलको आ-आफ्नै अडानपछि अन्तरिक छलफल गर्ने र शुक्रबार फेरि वार्तामा बस्ने गरी वार्ता सकिएको छ ।
Posted on: Wed, 14 Aug 2013 12:52:02 +0000

Recently Viewed Topics




© 2015