स्याङ्जाको गल्याङ्मा - TopicsExpress



          

स्याङ्जाको गल्याङ्मा सङिघय समाजवादि पार्टी नेपालको अन्तरक्रिया : जातीय मुक्तिका लागी सङ्घीयता , वर्गीय मुक्तिका लागि समाजवाद , भन्ने उद्धघोषका साथ स्याङ्जाको गल्याङ्मा सङिघय समाजवादि पार्टी नेपालको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रममा बोल्दै पार्टीका उप महासचिव महेन्द्र थापा मगरले देशका राष्ट्रिय पार्टी भनीएका तर राष्ट्रिय चरित्र नभएको पार्टी एमाओवादि, कङ्ग्रेस , एमाले तथा मधेसी मोर्चाले जनताको भावना कदर गर्न नसकेकाले सङ्घिय समाजवादि पार्टीको जन्म भएको बताउनुभयो । उँहाले ‘ भन्नुभयो हामीलाई नेता हुनु रहर होइन् बाध्यता हो ’ । आफुले एमाले पार्टी परित्याग गरी यस पार्टीमा लाग्नुको पछाडी एमालेभित्रको चरम वाह्रमणवादको उपज भएको आरोप लगाउनुभयो । यस्तै गरी अर्का केन्द्रीय सदस्य , पान वहादुर घर्ती ले आदिवासी जनजाती र सङिघयताको विषयमा प्रशिक्षणात्मक भनाई राख्नुभएको थियो । उहाँले सङिघयताले देश टुक्रन्छ भन्नु देश विगार्ने तत्व र आदिवासी जनजातिहरुको हित नचाहनेहरुको चलखेल भएको आरोप लगाउनुभयो । केन्द्रिय सदस्य प्रेम नेपालीले ठुला पार्टीहरुको अवधि समाप्त भईसकेकाले अवको एकमात्र पार्टी सङ्घिय समाजवादि पार्टी भएकाले सवै नेपालीमाझ पुग्न पार्टीको सङगठन विस्तार तिव्र पारिएको जानकारी दिनुभयो । कार्यक्रममा सङ्घिय समाजवादि पार्टी पोखरा उ.म.पा. सदस्य Captain कृष्ण गुरुङ , Captain नरेश थापा मगर कास्की अध्यक्ष दिपक तामाङ, स्याङ्जा सयोंजक दिलिप थापा मगर , स्याङ्जा क्षेत्र न : ३ का सयोंजक क्या : दिल वहादुर थापा मगर , आदिवासी जनजाति विद्यार्थी महासंघ स्याङ्जाका विनोद रखाली मगर , सु : तेज वहादुर थापा मगर , सु : यौ वहादुर थापा मगर , सु : नारायण थापा मगर , Ex Inspector खडक राना मगर , लगाएले बोल्नुभएको थियो । सु : चन्द्र वहादुर रखाली को अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन विनोद खवास ले गर्नुभएको थियो ।
Posted on: Sun, 04 Aug 2013 18:29:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015