उत्तेजनामा आवेग हुन्छ । - TopicsExpress



          

उत्तेजनामा आवेग हुन्छ । आवेगमा सत्यताभन्दा काल्पनिकता वढी हुन्छ । धीरताको अर्थ अल्छीपना होइन । धीरतामा संवेगलाइ जोड्यो भने तथ्यको गहिराइ मापन गर्न सकिन्छ । मेरो विचारमा धीर वनौं । पाइला अगाडी सारौं । तथ्यको खोजी गरौं । सत्य पत्ता लगाऔं । आफैं प्रति निर्मम वनौं । लोभिहरुलाइ साइजमा राखौं । स्वार्थीहरुलाइ पाखा लगाऔं । अवसरवादीका टाउकामा घन ठोकौं । फोहोरको थुप्रोमा रमाउनु भन्दा हिराको टुक्रामा गर्व गरौं । संख्या भन्दा गुण ठुलो रैछ भन्ने ज्ञान राखौं । यसो गर्न सक्यौं भने हामी सडकमा या सदनमा जहा भएपनि शक्तिशालि हुनेछौं ।
Posted on: Wed, 04 Dec 2013 04:51:42 +0000

Trending Topics



Recently Viewed Topics




© 2015