लागू औषध सहित पक्राउ - TopicsExpress



          

लागू औषध सहित पक्राउ : पर्सा , असार ५ गते चितवन बिरेन्द्रनगर–२ बस्ने ३५ बर्षीय सोमे लामा र सोही स्थान बस्ने सुरज लामालाई प्रहरीले लागू औषध फेनारगन ३० पिस, लुप्रिजेसिक ३० पिस र डाईजेपाम ३० पिस सहित पक्राउ गरेको छ । असार ४ गते १५:४५ बजे बिरगंज­१९ स्थित ईलाका प्रहरी कार्यालय नगुवाबाट खटिएको प्रहरी टोलीले चेकजाच गर्ने क्रममा निज सोमे लामाको शरीरबाट दुवै तिघ्रामा बाँधिएको अबस्थामा उक्त लागू औषध फेला पारी निजको साथी सुरज लामा समेतलाई पक्राउ गरि आबश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाईएको छ । यसैगरि बिरगंज­१७ स्थित गण्डक चोकमा अस्थायी प्रहरी पोष्ट गण्डकबाट खटीएको प्रहरी टोलीले असार ४ गते २१:०० बजे चेकजाँच गर्ने क्रममा चितवन दाह्रेचोक­३ मुग्लिन बस्ने २३ बर्षीय दिनेश गुरुङ्गको साथबाट लागू औषध टी.टी.जेसिक १०० पीस र खैरेनी­४ पर्सा टोल बस्ने २२ बर्षीय राम बहादुर कार्कीको साथबाट ६५ पिस टी.टी.जेसिक फेला पारी निजहरुलाई नियन्त्रणमा लिएको छ ।
Posted on: Wed, 19 Jun 2013 13:04:29 +0000

Trending Topics



Recently Viewed Topics




© 2015