GUगलमा सर्च गर्दा केही - TopicsExpress



          

GUगलमा सर्च गर्दा केही महत्वपुर्ण अपरेटरहरुको प्रयोग सम्झना गर्ने हो भने आफुले खोजेका जानकारी सजिलै र छिट्टै पाउन सकिन्छ । जस्तो : 1. कुनै दुई वटा शब्द अनिवार्य रुपमा भएको रिजल्ट चाहीएका AND वा ‌+ अपरेटरको प्रयोग गरिन्छ । जस्तो Sun ‌+ Moon लेखेर सर्गर्नु भयो भने अनिवार्य रुपमा SUN र Moon भन्ने शब्द भएको सर्च रिजल्ट देखा पर्दछ । 2. कुनै दुईवटा शब्द मध्ये एउटा मात्र शब्द भएको रिजल्ट चाहीएमा OR अथवा - प्रयोग गर्नु पर्छ । जस्तो कि Sun – Moon लेखेर सर्च गर्दा Sun र Moon मध्ये कुनै एक भएको पेजहरुको सर्च रिजल्टहरु देखा पर्दछ । 3. ठ्याक्कै कुनै शब्द वा वाक्य भएको सर्च रिजल्ट खोज्न परेमा"" को प्रयोग गरिन्छ । जस्तो कि"the sun lights up the moon"लेखेर सर्च गर्दा देखा पर्ने सर्च रिजल्टहरुमा अनिवार्य रुपमा"the sun lights up the moon” भन्ने वाक्य रहेको हुन्छ । 4. कुनै शब्द वा वाक्यलाई हटाएर सर्च गर्नु पर्दा घटाउ चिन्हको प्रयोग गर्नु पर्दछ । उदारणको लागी sun -”moon and stars” भन्दा यसको सर्च रिजल्ट सन आउदाँ मुन र स्टारर्सको कुरा चाँही आउनु हुन्न भन्ने वुझीन्छ। 5. * चिन्हलाई गुगल ले वाईल्ड कार्डको रुपमा वुझ्दछ जसले गर्दा कुनै वाक्यको विचमा कुनै शब्द विर्सियो भने गुगले संभावित शब्द चयन गरेर सर्च गर्दछ।"the * lights up the moon"6. ~ यसको प्रयोगले गुगलले कुनै शब्दको पर्यावाची शब्द खोजेर देखाई दिन्छ। ~sun 7. कुनै कुरा निश्चीत साईटमा मात्र खोज्नु पर्दा site: अपरेटरको प्रयोग गरिन्छ । जस्तो कि “Baburam Bhattarai” site : bbc.co.uk लेखेर सर्च गर्ने हो भने बिबिसीको आधिकारीक वेबसाईटमा मात्र बाबुराम भट्टराईको बारेमा लेखीएका सामग्रीहरुको लिङ्क देखा पर्दछ । 8. link: अपरेटरले कुनै पनि साईटको लिङ्क कहाँ कहाँ छ भनेर देखाउछ । जस्तो : link:csansar.bl ogspot लेखेर टाईप गर्ने हो भने computer sansar भन्ने साईटको लिङ्क कुन कुन साईटमा राखेको छ त्यस खालको रिजल्ट देखा पर्दछ । 9. define: लेखेर त्यसको पछाडी कुनै अग्रेजी शब्द लेख्ने हो भने त्यसको अर्थ दिन्छ । जस्तो define:love 10. filetype लेखेर त्यसको यसको पछाडी कुनै फाईलको एक्सटेन्सन लेख्ने हो भने दिएको सर्च स्ट्रीङ्ग लाई त्यही फाईल टाईपमा मात्र खोज्ने काम हुन्छ जस्तो कि History of Nepal filetype:pdf लेखेर गुगलमा सर्च गर्ने हो भने नेपालको ईतिहास बारेमा लेखीएका pdf फाईल मात्र खोज्ने काम हुन्छ । अन्य केही महत्वपुर्ण टिप्सहरु 11. बिदेशी विनिमय दर रुपान्तरणको लागी (currencies) 100 Euro in USD 12. नाप तौल रुपान्तरणको लागी (weight, length, volume, etc) 100kg in lb 13. समय थाहा पाउनको लागी (time) time kathmandu 14. मौसम थाहा पाउनको लागी weather kathmandu 15. प्रतिशत निकाल्नको लागी 51% of 900 16. यसलाई पनि ट्राई गर्ने हो कि? 5^3 sqrt(4) cos(45) tan (45) 4! (फ्याक्टोरियल पत्ता लगाउन) 17. र अन्तमा गुगलमा What is the population of Nepal लेखेर सर्च गर्नुस त गुगललाई के भन्छ ?
Posted on: Sat, 08 Jun 2013 05:34:00 +0000

Trending Topics



tbody" style="min-height:30px;">
Golden 7 (7 Caps) Most likely youll find Golden 7 (7 Caps) here
magine Mariettes disappointment when, after a laborious search and

Recently Viewed Topics




© 2015