Rudra dhakal nepali,, साफ - TopicsExpress



          

Rudra dhakal nepali,, साफ च्याम्पियनसिप फुटबल को सेमिफाइनल समिकरण पुरा अब सेमिफाइनलमा नेपाल र अफगानिस्तानविच भदौ २३ गते आइतवार साँझ ६:३० बजे त्रिपुरेश्वर स्थित दशरथ रंगशाला मा खेल हुने छ ! त्यो दीन दशरथ रंगशाला को ग्राउण्डमा जहाँ गएपनि देशभक्त नेपाली भेट्न पाईने छ ! त्यहाँ न जात, न धर्म, न धनी, न गरीब, न महिला, न पुरुष सबै नेपाली, मात्र नेपाली ! सबैको एउटै स्वर मात्र नेपाल ! नेपाल !! नेपाल !!! एकजना खुसी हुँदा सबै खुसी, एकजना दुःखी हुँदा सबै दुःखी ! त्यहा साँच्चै रमाइलो अनुभूति हुनेछ ! दुर्भाग्य त्यहा बाट बाहिर निस्किएपछी सुरु हुन्छ जात , धर्म अनी पार्टी म थेप्चो नाक भएको आदिबासी त चुच्चो नाक भएको बाहुन आदी ईत्यादी कती फरक मुलुक हाँक्ने हाम्रा नेता हरुले त्यहा बाट सिक्नुपर्ने धेरै कुरा छन ! सबैमा चेतना मिलोस सबैको मनमा राष्ट्रियताको भावना जागोस नेपाल को जीत सुनिस्चित छ ! विजय को अग्रिम शुभकामना राष्ट्रका गौरवहरुलाई...जय नेपाल...जय पाथिभरा...जय जय जय !!!
Posted on: Sat, 07 Sep 2013 04:58:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015