Thanks Prateek Dhakal ji अहिले देखिएका - TopicsExpress



          

Thanks Prateek Dhakal ji अहिले देखिएका लेखक तीनप्रकारका छन्, फ्लेक्स राइटर, परप्लेक्स् राइटर र कन्म्फ्लेक्स राइटर । यी तीनैप्रकारका लेखक धेरै टिक्दैनन् , ई कुनै पनि सच्चा लेखक होइनन् , यी त मिडिया,भेडिया र चिडियाघरले लेखक बनाइएका मात्र हुन् , तर सच्चा लेखक त हराइरहेकाछन् । कहाँ छन् , ख्वै रत्नध्वज जोशी, जनकलाल शर्मा, श्यामप्रसाद शर्मा, शिवकुमार राई, असीत राई, चित्तधर हृदय, गोविन्द गोठाले, रामशरण दर्नाल, देवकुमारी थापा, लक्खिदेवी सुन्दास, परशुराम रोका, सानु लामा वा पुष्कर शम्सेर वा सलेदे । मिडियाविज्ञ सुधीश पचौरी भन्थे, साहित्य कहिलेकाहीँ कन्डम जस्तो हुन्छ यूज्ड एन्ड थ्रो । शायद हाम्रा कन्फ्लेक्स राइटरलाई पब्लिशर (चिडियाघर) ले यस्तै बनाउन खोजेको हो कि ? यूज मात्र गर्ने ? त्यसमा तपाइँ हामी नपरौँ, त्यही ठीक होला । कति परप्लेक्स राइटर पनि छन्, चेतन भगतले जे लेख्यो त्यसलाई नेपालीमा छाप्न हतार ? तर मिडियामा रहनुको फाइदा के भनें, जागीर हुन्जेल लेखक हुनुको मज्जा बेग्लै, फोटोग्राफ, अटोग्राफ र प्याराग्राफ कहिले नटुट्ने पाना पानामा । हाम्रा समीक्षक पनि त कोटा कोटाका कोठाकोठाका छन्, लेखकको नाम हेर्नु्स् र झन्डा कुन पार्टीको हो, थाहा पाउनुस् तीनजनाले चारओटा पत्रिकामा बाइलाइन ठोक्दिहाल्छन्, यस्तो भीडमा अरु देवकोटा जन्मिन कति गाह्रो होला ? यो अनुमानले हनुमान जन्माउने बेला हो, प्रतीकजी । परशुराम रोका, गोपाल सिंह नेपालीको चर्चा खोई, जो भारतीय लेखकका सामू उत्तिकै उच्चाकर्षणमा थिए ।
Posted on: Mon, 08 Jul 2013 02:13:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015