copi gariyako सुर्खेतमा बेपत्ता - TopicsExpress



          

copi gariyako सुर्खेतमा बेपत्ता भएका ३५ जनाका आफन्त अझै बेखबर ।। सुर्खेत १५ भदौ ।। सशस्त्र द्धोन्द्धका क्रममा सुर्खेतमा बेपत्ता भएका ३५ जनाका आफन्त अझै बेखबर छन् । सरकारले उनीहरुको अहिलेसम्म कुनै सोधीखोजी गरेको छैन । परिवारजनले जति सोधीखोजी गरे पनि राज्य पक्षबाट बेवास्ता हुदा आफन्तको अवस्था थाहा हुन नसकेको गुनासो गरका छने । स्थानीय शान्ति समिति सुर्खेतमा द्धोन्द्धमा राज्य र माओवादी पक्षक्षबाट बेपत्ता भएको भन्दै राहत माग्नेको संख्या ३५ जना भए पनि एडभोकेसी फोरम सुर्खेतको तथ्यांकमा भने ३० जना बेपत्ता भएको उल्लेख छ । न्यायका लागी द्धन्द्धपीडित समाज, तथा एड्भोकेसी सुर्खेतले बेपत्ता दिवसको अवसरमा वीरेन्द्रनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यस्तो पाइएको हो । जसमा बेपत्ता हुनेमा २२ जना राज्य पक्षेबाट र ८ जना माओवादी पक्षेबाट छन् । राज्यद्धारा बेपत्ता पारिएकामा तत्कालीन शाही नेपाली सेना र संयुक्त सुरक्षा फौजले द्धोन्द्धका बेला नियन्त्रणमा लिएका व्यक्ति रहेका छन् । लाटिकोइलीका दीपा वली, बाबियौचारका मदन खनाल, साटाखानीका मानबहादुर दर्लामी, रामघाटका पूर्णबहादुर थापा, छिन्चुका दुर्गबहादुर वली, गंगाराम वली र दलवीर परियार, बिजौराका वीरबहादुर विक, घुमखहरेका उदयराज गिरीलाई संयुक्त सुरक्षा फौजले बेपत्ता पारेको एडभोकेसी फोरम सुर्खेतको तथ्यांकमा उल्लेख छ । घुमखहरेकै लालबहादुर विक र इमानसिंह नेपाली, लेखफर्साका कौशिला घिमिरे र डम्मरकुमारी गैरे, पाम्काका जगत चुनारालाई पनि सेनाले बेपत्ता पारेको विवरण एडभोकेसी फोरम सुर्खेतको तथ्यांकले देखाएको छ । वीरेन्द्रनगरका शान्ति पोख्रेल र जाजरकोटका विनोदलाव विकलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट बेपत्ता बनाइएको एडभोकेसी फोरम सुर्खेतकोतथ्याङकमा उल्लेख छ । गढीका टेकबहादुर खत्री, दशथरपुरका धीरबहादुर थापा, रामघाटका प्रेमबहादुर रसाइली, छिन्चुका प्रेम परियार, दशरथपुरका गीता बोहरा, गंगा केसी, कणर््ँबहादुर दमाईं, कुनाथरीका श्यामबहादुर हिसीमगर र ओमबहादुर पुनलाई पनि राज्य पक्षले बेपत्ता बनाएको जनाइएको छ । माओवादी पक्षबाट भने काप्रिचौरका बलबहादुर रावत, रतुका पुनबहादुर पुन, लेखपराजुलका मानबहादुर खड्का, खानीखोलाका यामबहादुर खत्री र बिजौराका प्रेमबहादुर कार्कीलाई बेपत्ता बनाएको तथ्यांकमा उल्लेख छ ।सुर्खेतमा ३० जना बेपत्ता भएको तथ्यांक रहे पनि अहिलेसम्म उनीहरुका परिवारजनले न लास न राहत क्षेतिपूति र्नै पाउन सकेका छन् । परिवारजनले आफन्तको खोजी गरे पनि अहिलेसम्म पाउन सकेका छैनन् । स्थानीय शान्ति समिति सुर्खेतमा भने बेपत्ता को संख्या ३५ पुगेको संयोजक मोहन थापाले जानकारी दिनुभयो । बेपत्ता मध्ये १३ जनाले राहत पाएको ९ जना राहतका लागि शान्ति मन्त्रालयमा सिफारिस भएको र १३ जना प्रमाणित हुन बाकी रहेको संयोजक थापाले बताउनुभयो ।।
Posted on: Sat, 31 Aug 2013 00:52:08 +0000

Trending Topics



Recently Viewed Topics




© 2015