,,..r..कोक, फ्यान्टा र - TopicsExpress



          

,,..r..कोक, फ्यान्टा र स्प्राइटमा भेटियो अखाद्य बस्तु ६ असोज, काठमाण्डौ । बोटलर्स नेपालले उत्पादन गर्ने कोकाकोला, फ्यान्टा र स्प्राइटमा मानव स्वास्थ्यलाई गम्भीर असर पर्ने अखाद्य बस्तु फेला परेका छन् । बहुराष्ट्रिय कम्पनी बोटलर्स नेपालले काठमाण्डौस्थित बालाजु औद्योगिक क्षेत्रवाट उत्पादन गरेका कोक, फ्यान्टा र स्प्राइटका बोतलमा दिनहुँ जसो लदो, प्लाष्टिक, खिया लगोका फलामका टुक्रा भेटिन थालेका छन् । काठमाण्डौको कपन, विशालनगर, नयाँ बानेश्वर, डिल्लीबजार, ललितपुरको मंगलबजार लगायतका स्थानमा रहेका किराना पसलमा बेच्न पठाइएका कोक, फ्यान्टा र स्प्राइटमा बोतलमा लदो, फलामका टुक्रा, प्लाष्टिकजस्ता मानव स्वास्थ्यमा गम्भीर असर पर्ने अखाद्य बस्तु फेला परेपछि त्यस क्षेत्रका व्यापारी आतंकित बनेका छन् । पसलमा राखेका फ्यान्टामा लेदो भेटिएको भन्दै बिहीवार त्यस क्षेत्रका व्यापारीले बोटलर्सको कम्पनीमा उजुरी गरेका छन् । तर उजुरी लिएर गएका व्यापारीलाई कार्यालयसमेत प्रवेश गर्न नदिएर गेटवाटै फर्काइउको व्यवसायीले गुनासो गरे । राजधानी दैनिकले समाचार छापेको छ । बहुराष्ट्रिय कम्पनीको उत्पादनको हवाला दिएर मानव स्वास्थ्यमा गम्भीर असर गर्ने पेय पदार्थको विक्री गरेपछि बोटलर्स नेपालविरुद्ध उपभोक्ता हित संरक्षण मञ्चलगायतले कारबाहीका लागि बाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागमा पटकपटक दिएको उजुरी समेत कम्पनीको प्रभावमा परी सुनुवाई हुन सकेको छैन
Posted on: Sun, 22 Sep 2013 08:47:32 +0000

Trending Topics




© 2015