अनलाइन जब बिषयसाग - TopicsExpress



          

अनलाइन जब बिषयसाग सम्बन्धित कतिले अनलाइन जब गर्न इच्छुक रहेको कुरा फेसबुक, इमेलमार्फत जानकारी गराए । कतिले “मैले पहिलेदेखि नै अनलाइन जब गर्दै आएको तर आम्दानी प्राप्त गर्न सकेको छैन” भन्ने जानकारी गराए । ँअनलाइन जबबाट सााच्चिकै आम्दानी गर्न सकिन्छ र ?” भन्नेहरु पनि त्यो लेख पढेपछि धेरैले जिज्ञासा राखिराख्दा मप्रति धेरै ठूलो चुनौती र एउटा गतिलो अवसर प्राप्त भएको महशुस भयो । अवसर यो मानेमा कि मसंग भएको जानकारीले मेरा इच्छुक पाठकहरुले कमसेकम अनलाइन जब गरेर आम्दानी गर्न सकुन् । अनलाइन जब गरेर आफैं स्वाबलम्बी बन्न सकुन् । तर मसाग कदापि अनलाइन जबको बारेमा त्यति धेरै जानकारी छैन । म अनलाइन जब गर्ने युवा पक्कै हुा तर अनलाइन जबको सबै जानकारी दिन सक्ने बिज्ञ चाहिा कदापि हैन । मसाग जे जानकारी छ त्यहि बााड्ने काम मात्र हो । अनलाइन जब शुरु गर्दा २ तरिकाले गर्न सकिन्छ । तपाइा आफंैले खुट्टयाउन सक्नुपर्छ अनलाइन जब र अनलाइन बिजनेशको बिषयमा । बिजनेश र जबमा के फरक छ ? त्यो पहिलो कुरा तपाइा आफैं स्पष्ट हुनुपर्दछ । जब गर्ने हो भने शुन्य लगानीबाट सुरुवात गर्ने– जस्तै: तपाइासाग भएको स्किलहरुलाई बेच्ने हो । तपाइा आफूले जब गर्ने हो भने त तपाइासाग स्किल हुनु जरुरी छ । स्किल बिना हामीले केहि गर्न सकिंदैन । तपाइा अनलाइन जब मात्र गर्छु भन्ने अनि स्किल चाहिा केहि छैन भने कसरी अनलाइन जब गर्नुहुन्छ ? यो कुरा तपाइा आफूले बुझ्नु जरुरी छ । स्किलहरु कस्तो खालको भए राम्रो काम पाउन सकिएला ? तपाईसाग कम्प्युटर बिषयमा जुनसुकै स्किल भए पनि काम पाउन गाह्रो हुादैन । जस्तै सामान्य टाइपिङ र वेब सफरिङ गर्न सक्नुहुन्छ भने पनि सानो सानो सेन्टहरु कमाउादै पकेट मनि बनाउन पनि सकिन्छ । जस्तै: ....... easyhits4u जस्ता साइटहरु भनेको थोरै थोरै सेन्ट्हरु दिने खालका साइटहरु हुन् । यसले तपाईलाई धेरै आम्दानी दिन त सक्दैन तर तपाई अनलाइनबाट पनि कमाइ चाहिा हुादो रहेछ भन्ने प्रमाणित चाहिा अवश्य हुन्छ । तपाई फेसबुक चलाएर समय बर्बाद गराईराख्नुभन्दा ति साइटहरु चलाएर पनि कमाउन सकिन्छ । काम भनेको मात्र वेब भिजिट गर्ने र सकिन्छ भने अरुलाई पनि भिजिट गर्न लगाउने जसले गर्दा तपाईलाई धेरै फाइदा पुग्छ । नियोबक्स डट कमले मासिक २०० डलर सम्म कम्तिमा राम्रो काम गर्नेलाई दिईराखेको छ । त्यो पनि नहुनुभन्दा त कमाई हुनु धेरै राम्रो हो । हैन र ?यस्ता साइटहरु धेरै पाईन्छन् तर कतिपय फेक पनि हुन्छ । त्यो भने आफुले बुझ्न जरुरी छ । यिनिहरु भनेको एउटा सानासाना कामहरु हुान् । तपाईले यो भन्दा प्रोफेसनल जब गर्ने हो भने तपाईसाग ग्राफिक र वेब डेभलोपमेन्टको जानकारी भए अति राम्रो हुन्छ । बिश्वभरी नै यसको स्कोप अति नै राम्रो देखिएको छ । यसको बजार पनि ठुलो छ । आफुसाग सीप भए काम गाह्रो छैन । प्रोफेसनल त्यतिकै भईदैन । धेरै मेहनत चाहिन्छ । धेरै कुरा सिक्न जरुरी छ । अनलाइन जबमा आएर असफल हुनेहरुको लाम निकै लामै छ । अनि यो प्रति अबिश्वास गर्ने रियल पात्रहरु पनि तिनै हुन् । किन असफल हुन्छन् त ? यसको एउटै प्रश्न हो । अनलाइन जबको वास्तबिक परिचय थाहा नभएर । उनीहरु मात्र डलरको ख्याल गर्छन् तर डलर के को आधारले झर्छ ? त्यसको चाहिा वास्ता गर्न सक्दैनन् । तपाइाको आफ्नो प्रोफाइललाई अपडेट गर्न जरुरी छ । त्यो पनि इन्टरनेटमा । आफ्नो ब्यक्तिगत वेबसाइट अथबा ब्लग बनाएर दैनिक रुपमा अपडेट गरिराख्नु पर्छ । ताकि तपाईले गर्ने कामको बारेमा, तपाईले यो भन्दा अगाडि गर्नुभएको कामहरुको प्रमाणित इ–कागजातहरु तपाईको ब्लगमा समेट्नु भएमा धेरै ग्राहकहरु तपाईप्रति बिश्वास गर्छन् । यसले गर्दा तपाईले धेरै कामहरु पाउनुहुन्छ । जति काम पाउनुहुन्छ त्यति तपाईले आम्दानी गर्ने बाटो भो । यो नै हो एउटा रियल–अनलाइन जब । पाकीस्तानको करााची निवासी एक महिला कबmिब व्बाचष् को बारेमा मैले यो भन्दा अगाडि पनि भनिसकेको छु । साल्मा ८ बर्षको अनुभबि एक अनलाइन जबहोल्डर हुन् । उनी बिशेष गरी टेक्निकल राइटिङ, क्रियटिभ राइटिङ, वेब कन्टेन्ट, पावरपोयन्ट प्रेजेन्टेशन आदि कुरामा दख्खल महिला हुन् । उनी आफ्नै घरको कम्प्युटरबाट यि सबै कामहरु पुरा गरेर क्लाइन्टस्हरुको काम गरिदिन्छन् । उनको पोर्टफोलियो तपाईले हेर्न सक्नुहुन्छ । धयचमिउ।िलभत मा । त्यो वेबसाइट हेरेर तपाई आफुले पनि धेरै कुराहरु सिक्न सक्नुहुन्छ । कोशिष गर्नुस् । Computer screen and hand with card, isolated on white background उनी मात्र हैन कि, नेपालमा पनि धेरै त्यस्ता प्रोफेस्नल अनलाइन जबहोल्डरहरु छन् । जस्तै काठमाण्डु निवासी गोम्बु छिरिङ शेर्पा एक फ्रिल्यान्सर हुन् । उनी एक प्रोफेस्नल अनलाइन जब होल्डर हुन् । वेब डेभलप्मेन्ट र एसइओ सम्बन्धि अनुभबि शेर्पा करिब ७ बर्ष अगाडि देखि यो बिषयमा अगाडि छन् । उनले देश, बिदेश सबै क्लाइन्टस्को काम आफ्नै घरबाट गर्छन् । कम्तिमा ३५० अमेरिकन डलर देखि ७०० डलरभन्दा माथिको प्रोजेक्ट मात्र एक्सेप्ट गर्छन् । शेर्पा बर्षमा देशबाहिर एक पटक घुम्न रुचाउछन् । गत बर्ष उनी युके र दुबइ गएका छन् । उनी त्यहाा गए पनि आफ्नो काम चाहि गरिरहेका छन् आफ्नै ल्याप्टपबाट । यसबाट के स्पष्ट हुन्छ भने आफुसाग राम्रो सीप भएपछि काम आफै आउनेरहेछ । तर आफुसाग सीप भएन भने कामको पछि दौडिनुपर्ने बाध्यता हुन्छ । त्यसले कहिले पनि सफल हुन सकिदैन । यसले गर्दा अबको युवाहरुले ग्राफिक, वेब संगसंगै अन्य धेरै सफ्टवेयर प्रोगामहरुमा सहज रुपमा काम पाउन सकिन्छ । काठमाण्डौ निवासी अशोक गौतम अफ्रिकाको एक सफ्टवेयर कम्पनीमा काम गर्छन् । उनको आम्दानी यहाा लेख्नु उचित हुादैन । यति ठान्नुस्, उहाा एउटा गतिलो ज्ञान र खुबी भएको मान्छे हो । उहााको त्यो खुबी जन्मदै आएको होइन । उहााले त्यो खुबी बनाउनको लागि धेरै मेहनत गर्नुभयो, सिक्नुभयो । सिक्दै जाादा काम पाउादै जानुभयो र अहिले निर्धक्क साथ काम गर्नुहादैछ । आफूमा रहेको सीपलाई सहि ठाउामा प्रयोग गर्न जान्नु पनि महत्वपुर्ण हुन्छ । अनलाइन जब भनेको टेक्निकल जब हो । यसको अर्थ टेक्निक पनि हुनुपर्छ । यहाा धेरै जेहेनदार र सीपयुक्त युवाहरु पनि छन् । तर तिनीहरुले आफ्नो सीपलाई सहि ठाउामा प्रयोग गर्न जानिरहेका छै्रनन् । अझ भनौं टेक्निक लगाउन जानिरहेका छैनन् । अनलाइन बिजनेश बिजनेश भन्ने बित्तिकै केहि न केहि लगानी गरेर गरिने ब्यापार भन्ने बुझ्न जरुरी छ । अनलाइनमा पनि लगानी गरेर विभिन्न तरिकाबाट आम्दानी लिन सकिन्छ । त्यो पनि ब्यापार गरेर । यसका विभिन्न थरिका ब्यापारहरु हुन्छन् । कुनै वेबसाइटमा सामानहरुको डिटेल राखेर अनलाइनबाट सामान बिक्रि गरिने बिजनेश, कुनै ट्राफिक एक्सचेन्ज अनलाइन प्रोगाम, हाइप जस्ता बिजनेश अनलाइन बिजनेश मान्न सकिन्छ । अनलाइन बिजनेश गर्नको निम्ति अनलाइन सम्बन्धि भरपुर ज्ञान हुनु जरुरी छ । बिना जानकारी यो कार्य गर्नु भनेको ठूलो जोखिमयुक्त क्षेत्रमा लगानी डुबाउनु हो । यसको लागि तपाइाले अध्ययन, प्रशिक्षण लिन अत्यन्त जरुरी छ । संसारको सबैभन्दा राम्रो र प्रचार प्रसारमा आएको अनलाइन बिजनेश कम्पनी अमेजोन डट कम एउटा ठूलो आम्दानी गर्ने कम्पनी हो । यसले आफ्नो साइटबाट धेरै भन्दा धेरै बस्तुहरु बिक्री गर्दछ । यसलाई अनुशरण गरेर नेपालमा पनि धेरैले त्यस्ता कम्पनीहरु स्थापना गरेर नेपालमै ब्यापार गरिरहेका छन् । मुन्छा डट कम, हाम्रोडिल डट कम, ठमेल डट कम आदिले यस किसिमको बिजनेश गरिराखेका छन् । लगानी गरेर अनलाइन बिजनेश गरिने अर्को तरिका पनि छ । वेब सफरिङ अर्थात इन्टरनेटको माध्यमबाट वेबसाइट भिजिट गरिदिने र आम्दानी गर्ने । यसको लागि कम्पनीले निश्चित लगानीको माग गर्दछ । त्यो लगानी आफ्नो कम्पनीको बिज्ञापनमा खर्च गरिदिन्छ । त्यो बिज्ञापन लगानीकर्ताले निश्चित समायावधिसम्म हेरिदिनु पर्दछ । हेरिदिने बित्तिकै कम्पनी र लगानीकर्ताबीचको सम्झौता अनुरुप कम्पनीले आम्दानी उपलब्ध गराइदिन्छ । यसबाट पनि भरपुर फाइदा लिने ब्यक्तिहरु नेपालमा प्रसस्तै छन् । यसलाई सरल भाषामा भन्ने हो भने बिज्ञापनको अनलाइन बिजनेश भनेर बुझ्न सकिन्छ । 11405800-online-business अर्को सरल उपाय अनलाइनबाट कमाउनलाई एउटा बिषयबस्तुसाग सम्बन्धित राम्रो वेबसाइट बनाएर पनि कमाउन सकिन्छ । अहिलेको परिवेशमा तपाइाले कुनै वेबसाइट भिजिट गर्दा यदि गुगलको बिज्ञापन (अर्को भाषामा यसलाई एडचोइस् भनेर पनि चिनिन्छ) देख्नुभएको छ भने सम्झनुस्, त्यो वेबसाइटको मालिकले केहि न केहि आम्दानी गरेकै हुन्छ । नेपालमा धेरै चर्चित वेबसाइटहरुमा गुगलको बिज्ञापन तपाइाले भिजिट गर्दा देख्न सक्नुहुन्छ । तिनीहरुले धेरै भन्दा धेरै डलर भित्र्याइरहेका छन्, कमाइरहेका छन् । त्यो पनि एक तरिकाको लगानी गरेर आम्दानी गर्न सकिने अनलाइन बिजनेश हो । यसको निम्ति तपाइाले राम्रो वेबसाइट तयार गरेर एउटा बिषयसाग सम्बन्धित कुनै जानकारी राखिदिनुभयो, त्यसलाई अपडेट गरिरहनुभयो भने तपाइाले गुगलको बिज्ञापनको निवेदन दिएर बिज्ञापन नि:शुल्क रुपमा पाउनुहुन्छ । त्यो बिज्ञापन तपाइाको वेबसाइटमा सेटअप गरी वेबसाइटलाई प्रचारप्रसार गरिदिनुभयो भने तपाइाले सेन्ट, डलर हुादै राम्रो आम्दानी गर्न सक्नुहुन्छ । यस्ता किसिमका धेरै सम्भावनामुखी काम गर्न सकिन्छ । अनलाइन जब र बिजनेशको बिषयमा तपाइाको राम्रो अध्ययन र अनुशन्धान हुनु जरुरी छ । तपाइाले अनलाइन जब गर्नकै लागि मात्र सिक्नु जरुरी म ठान्दिन । यस्ता किसिमका जानकारी लिइराख्नु भनेको प्रबिधिसाग नजिक भइराख्नु पनि हो । प्रबिधिसाग नजिक हुनु भनेको समयको माग अनुसार हामी चल्नु हो । युवाहरुको लागि सम्भावनाको खेती गर्ने ठाउा अनलाइन जब र बिजनेश हो जस्तो लाग्छ । धरान निवासी क्रिष्टिना प्रधानले मिग–३३ बाट मासिक रु.१२ हजार भन्दा माथि आम्दानी गरेको कुरा त गत माघको हिमाल खबर पत्रिकामा समाचार नै छापिएको छ । आजकल मिगबाट च्याट गरी टाइम पास गर्नेहरु धेरै छन् तर कमाउनेहरु थोरै छन् । यसको अर्थ के त ? अनलाइनप्रति बिश्वासको कमि भएर हो ? यदि बिश्वास लाग्दैन भने कसरी कमाएका छन् त क्रिष्टिनाले ? बेरोजगार बढ्दै गइरहेको बेला युवाहरु यो प्रति सचेत भएर लाग्ने हो भने प्रबिधिसाग खेलेरै पनि जीबन गुजारा गर्न सक्छन् । आर्थिक समस्याबाट केहि न केहि राहत पाउाछन् । नेपाल सरकार यस प्रति गम्भीर छैन । प्रबिधिसाग आवद्ध संस्थाहरु पनि यो प्रति सचेत देखिंदैनन् । बरु उल्टै यसको बिरोध गर्दै अनलाइन प्रति भ्रम फैलाउन अघि बढ्छन् । मेरो एउटा तितो अनुभब छ । मैले पोखरामा अनलाइन बिजनेशकै बिषयमा प्रबिधिको एउटा आवद्ध संस्थासाग कुरा उठाइरहादा एक जना बहुत जिम्मेवारी पद बहन गरेर बसेका ब्यक्तिले ँअनलाइन बिजनेश भनेको झुठको खेती गर्ने बिजनेश हो । यसबाट कसैले पनि कमाउन सक्दैनन् । यस्ताको बिरुद्धमा हामी अग्रसर हुनेछौं” भनेर मलाई जवाफ दिए । मैले तिनलाई यसको गन्थन सुनाउनुभन्दा नसुनाउनु बेस भनेर मेरो कुरा राखिन । यस्ता किसिमले अनलाइन बिजनेशको प्रोमोट हुादैन । अनलाइन बिजनेश नाम गरेर धेरैले ठगेको सत्य हो । त्यस्ताको बिरुद्धमा म पनि अडिग छु । नचाहिादो लोभ लालच देखाएर धेरै पैसा असुल्नेहरुले पनि नेपालको अनलाइन जब र बिजनेशको मार्केट बिगारेको सत्य हो । तर अबको समयमा कुनै पनि ब्यक्तिले अनलाइन जब सिक्न इच्छुक हुन्छ भने उसले पहिले ती सिकाउने मान्छेहरुको पेमेन्ट प्रुफ माग्न जरुरी छ । यो भन्दा अरु बिकल्प नै छैन । यदि ती मान्छेले आफूले कमाएको पेमेन्ट प्रुफ देखाउन सक्दैन भने तपाईा ती मान्छेसाग अनलाइन बिजनेश सिक्नु बेकार छ । सहि कुरा सिक्ने प्रयत्न गरौं । महशुस गरौं । आफूलाई अनलाइनबाट आत्मनिर्भर बनाउने प्रयासमा जुटांै । आफ्नो लागि आफैं अग्रसर रहौं । मेरो यहि आग्रह छ मेरा पाठकहरु प्रति ।
Posted on: Wed, 03 Jul 2013 11:32:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015