अब राजनीतिकर्मी पनि - TopicsExpress



          

अब राजनीतिकर्मी पनि परोपकारी बन्न थालेपछि विस्तारै राज्य पनि परोपकारी बन्छ, बन्छ! पक्का। पढ्नोस् त तलको समाचार: गुल्मीका दुई पार्टीका केन्द्रीय सदस्यले आफ्नो पारिश्रमिक शिक्षा लिनबाट बञ्चित बालबालिकालाई पढाउन खर्चे गर्ने भएका छन् । कांग्रेस केन्द्रीय सदस्य तथा नब-निर्वाचित सभासद् चन्द्र भण्डारी र एकीकृत माओवादीका केन्द्रीय सदस्य बामदेव क्षेत्रीले आफ्नो पारिश्रमिक बालबालिका पढाउनमा खर्च गर्ने घोषणा गर्नुभएको हो । कांग्रेसका केन्द्रीय सदस्य भण्डारीले संविधानसभामा आफ्नो तलबबापत आउने रकम गरिबका छोराछोरीलाई पढाउन खर्च गर्ने घोषणा गर्नुभएको हो । ‘अहिले पनि दलित तथा गरिब वर्ग शिक्षाको ज्योतिबाट टाढा रहेकाले मैले पाउने तलबबापतको रकम उनीहरूको शिक्षामा खर्च गर्नेछु ।’ भण्डारीले भन्नुभयो । एमाओवादीका केन्द्रीय सदस्य क्षेत्रीले पनि आफूले पत्रपत्रिकामा लेखेको लेखबापत पाउने पारिश्रमिकले दलित विद्यार्थीलाई पढाउने बताउनुभएको छ । ‘दलित समुदायका बालबालिका शिक्षाबाट वञ्चित भएकाले अति विपन्न दलित परिवारका जेहेन्दार विद्यार्थीलाई पढाउन सहयोग गर्नेछु ।’ क्षेत्रीले भन्नुभयो, ‘दलितलाई चुनावमा भोट ब्याङ्कको रुपमा मात्रै प्रयोग गर्छन्, हामी व्यवहारमै उनीहरूको हितको काम र अधिकारको लागि नीति निर्माण गर्छौं’ गौतमले भन्नुभयो ।
Posted on: Fri, 29 Nov 2013 05:19:51 +0000

Trending Topics



Recently Viewed Topics




© 2015