"अमेरिका छिर्न खोज्ने १० - TopicsExpress



          

"अमेरिका छिर्न खोज्ने १० नेपाली मेक्सिकोमा पक्राउ" ९ साउन, काठमाण्डौ । अबैधरुपमा अमेरिका छिर्न खोज्ने १० जना नेपाली मेक्सिको चियापास राज्यबाट पक्राउ परेका छन् । ट्रकमा लुकेर अमेरिका छिर्न खोजेका उनीहरुलाई मेक्सिको प्रहरीले सोमबार राति पक्राउ गरेको अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । नेपालीसँगै ९ जना बंगलादेशीसहित ९४ जना अबैध आप्रवासीलाई पक्राउ गरिएकोमा समाचारमा उल्लेख छ । ती मध्ये १९ जना एसियाली मुलुकका र अन्य सवै ग्वाटेमाला, एल साल्भाडोर र होण्डुरस लगायतका मुलुकका रहेको बताइएको छ । अध्यागमनमा राखिएको स्कान मेसिनको सहयोगले उनीहरु ट्रकमा लुकेको फेला परेको बताइएको छ । Handout shows illegal immigrants from Central America, Nepal and Bangladesh in a trailer truck after being detected by police X-ray equipment at a checkpoint in La Pochota outside Tuxtla Gutierrez ट्रकभित्र लुकिरहेका नेपालीसहित अबैध आप्रवासीहरु मेक्सिकोको चियापास प्रहरीको स्कान मेसिनमा यसरी देखिए । तस्वीर सौजन्यः महान्यायाधीवक्ताको कार्यालय/चियापास अधिकारीहरुले उनीहरु निकै अमानवीय अबस्थामा ट्रकमा लुकेर जान लागेको अबस्थामा भेटिएको जनाएका छन् । ग्वाटेमालाबाट अमेरिकातिर लागेका उनीहरुलाई लैजाने ट्रक ड्राभइरलाई प्रहरीले पक्राउ गरेको छ । ट्रकमा अमानवीय र यातनापूर्ण तरिकाले बसेकाले धेरै जसोको हात र खुट्टामा चोट लागेको र श्वासप्रश्वासमा समस्या भएका कारण कतिपय बिरामी अबस्थामा भेटिएको मेक्सिकोको नेसनल माइग्रेसन इन्स्टिच्यूटले जनाएको छ । नेपालीहरु भारतीय बाटो हुँदै दलाललाई बिसौं लाख रुपैयाँ बुझाएर अबैध तरिकाले दक्षिणी अमेरिकी मुलुक हुँदै अमेरिका प्रवेश गर्ने तयारीमा थिए । यसअघि पनि अमेरिकामा छिर्न खोज्ने नेपालीहरु मेक्सिकोमा पक्राउ परेका छन् । source : Nepali news media
Posted on: Wed, 24 Jul 2013 04:02:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015