आज भन्दा १८ बर्ष - TopicsExpress



          

आज भन्दा १८ बर्ष अगाडि त्यो बेलामा साइकल चलाऊँदा जती खुशी लाग्ने थियो । आज बाइक चलाऊदा पनि त्यो खुशी पाउन सकिन । आज ठुला र महँगो डिस्को बार मा पनि गएँ । तरपनी त्यो बेलामा देउसिरे खेल्दै नाचे जती रमाइलो पाउन सकिन । आज महिना को ५० हजार तलब थाप्छु । तरपनी त्यो बेलामा आमा ले १० रुपैयाँ दिदा जतिको खुशी हुन सकिन । आज hotel को खान खान्छु । तरपनी मेरी आमाले पकाएको गुन्द्रुकको झोल जस्तो मिठो पाउन सकिन । समय सगै बद्लिन खोज्छु अलिकती मोर्डन हुन खोज्छु । हिड्दा खेरी लडे भने आमा ! पानी भन्न पुग्छु । तरपनी सत्य छोडेर मदर वाटर भन्नै जानिन । म बदलिए या समय बद्लियो मलाई थाहा भएन .
Posted on: Thu, 04 Jul 2013 05:48:20 +0000

Trending Topics



Recently Viewed Topics




© 2015