आज मलाई एउटा केटा हेर्न - TopicsExpress



          

आज मलाई एउटा केटा हेर्न आउँदै छ बुवा-आमा",एउटा केटीले आफ्नो अभिभावक लाई भन्छिन। केही समय पछी केटा chewing gum चबाउदै आइपुग्छ। केटीको बाउलाई यो कुरा मन पर्दैन,एक्कासी उनी त्यो केटाको अगाडि आएर भन्छन, बाबु: तिमीलाई आफु भन्दा ठूलोको कुनै इज्जत नै रहेन्छ। केटा: होइन बुवा,हिजो अलिक धेरै भएछ,गन्ध नआओस भनेर नि! बुवा(रिसाउदै): छया! तिमी रक्सी पनि खान्छौ? केटा: हजुर! केसिनोमा जुवा खेल्ना जान्दा मात्र। बुवा: जुबा-तास पनि???कती समय भो यो खेल्न थालेको? केटा: जेल बाट छुटे पछी खेल्न थालेको हो बुवा! बुवा(झर्किदै): हे भगवान!तिमी जेलमा पनि थियौ,किन थियौ त जेलमा?? केटा: ज्यानमाराको केसमा बुवा। बुवा(आगो हुँदै): किन मारेको त? केटा: किन भने त्यो मान्छेले आफ्नो छोरी मलाई दिएन। बुवा(डराउदै): हजुर जवाइ साहेब तपाइलाई मेरो आशिबाद छ
Posted on: Tue, 23 Jul 2013 07:32:11 +0000

Trending Topics




© 2015