आजको खेलबारे NCT बिश्लेषण; - TopicsExpress



          

आजको खेलबारे NCT बिश्लेषण; महत्वपुर्ण स्थानमा खेलाडि पस्काईको गल्ती घातक। (एनसिटि)।यसै त 20 ओभरको खेलमा ओभर घटेर 7 भएको जहाँ खेल नै चुनौतीपुर्ण बन्यो। त्यसमाथी टस पराजय अर्को टाउको दुखाईको बिषय बन्यो अनी पहिलो पारीमा ब्याटिङ्ग को निम्तो। जुन कि हामिलाई पछिल्ला सबै खेलमा पहिलो पारी ब्याटिङ्ग अफाप छ। यस्तै कुरा पन्छाँउदै 7 ओभर खेली 3 विकेटको क्षतीमा खडा गरेको 73 रन खास ढुक्कको योग थिएन। अनि बन्यो बिपक्षीलाई लक्ष 74 को। नेपाली कोच तथा कप्तान महत्वपुर्ण स्थानमा (दोश्रो पारी) आएर सुगम ढङ्गले खेलाडी पस्कन सकेनन् र घातक बन्यो नतिजा। पहिलो र दोश्रो ओभरमा तिब्र गतीका बलर छान्नु नै नेपालको हारको पहिलो कारण बन्यो। जहाँ कि नेपालले पस्कनुपर्ने थियो स्पिन अट्याक किनकि 7 ओभरको खेलमा फास्ट अनि पेस बलर हालेर विकेट झार्ने सोच ब्यर्थ हुन्छ। हामिलाई त केबल रन रोक्नु थियो र दबाब दिनु थियो तर मुखिया द्वारा पहिलो ओभरमा 17 रन र दोश्रो ओभरमा अमृतको 13 रनले नेपाली खेलाडी अनि फ्यान्सको आत्मबिश्वसमा चीरा पर्यो र नेपाली टिमले स्वर्णिम अंङ्क गुमायो। यसैगरी शक्तीलाई निकालेर कर्ण प्रबेश गराउनुमा पनि खेलमा कुनै तुक देखिएन जबकी खेल 7 ओभरको छ त राहुल, शक्ती नै खेलका लागि उपयुक्त हुनेथिए। नेपाली टिमले अफगानस्थानसगँ हार भोगे पनि केही गणीतीय संम्भावना भने अझै देखीएको छ। नेपाली टिम भन्दा माथी रहेको केन्याले नेदरल्यान्ड र अफगानस्थानसंग पराजय भोगेमा र नेपाली टिमले बर्मुडालाई हराएमा नेपाली टिम बिश्वकपमा पुग्नेछ, जुन संम्भाबना एक्दमै प्रवल रहेको छ। स्मरण रहोस, बर्मुडा कपमा नेपालले लगातार 3 खेल हारे पनि अन्त्यमा बिजेता बनेको थीयो। कतै त्यही नतिजा युएइ कपमा पनि दोहोरीने त हैन? #आसा_अझै_बाँकी_छ। KEEP LOVE NCT. . . . .
Posted on: Fri, 22 Nov 2013 16:53:33 +0000

Trending Topics



Recently Viewed Topics




© 2015