आयोगद्वारा म्याद थप्ने - TopicsExpress



          

आयोगद्वारा म्याद थप्ने प्रस्ताव अस्वीकार ४ भदौ, काठमाडौं । राजनीतिक पार्टीहरुले असफल हुने वार्ता गरिरहेझै निर्वाचन आयोगसंग म्याद थपिरहने प्रस्ताव गरिरहदा निर्वाचन आयोगले भने ठाडै प्रस्ताव अस्विकार गरिदिएको छ | फोटोसहितको मतदाता नामावली संकलनका लागि फेरि ७ दिनको म्याद थप्न उच्चस्तरीय राजनीतिक समितिले गरेको आग्रहलाई निर्वाचन आयोगले अस्वीकार गरिदिएको हो । बानेश्वरमा बसेको राजनीतिक समितिको बैठकले मधेसी जनअधिकार फोरम नेतृत्वको मोर्चासँगको सहमति अनुसार मतदाता नामावली संकलनका लागि थप ७ दिनको म्याद आग्रह गर्ने निर्णय गरेको थियो । बैठक लगतै राजनीतिक समितिका संयोजक सुशील कोइरालासहितका नेताहरुले प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीसहितका पदाधिकारीलाई भेटी म्याद थप्न आग्रह गरेका थिए । तर, जवाफमा आयोगका पदाधिकारीहरुले भने मंसिर ४ मा निर्वाचन गर्ने हो भने कार्यतालिका परिर्वतन गर्न नसकिने बताएका छन् । ‘आयोगले जुन कार्यतालिका बनाएको छ, त्यही अनुसार अघि बढ्छ’ छलफलपछि प्रमुख आयुक्त उप्रेतीले भन्नुभयो-’मंसिर ४ मा निर्वाचन गर्ने हो भने अब प्राविधिक रुपमा पनि सम्भव छैन ।’ दल र सरकारको आग्रहमा आयोगले भदौ १ गतेबाट ७ दिन मतदाता नामावली संकलनका लागि म्याद थपेको छ |
Posted on: Tue, 20 Aug 2013 16:51:19 +0000

Trending Topics



Recently Viewed Topics




© 2015