*****एउटा अदभुत प्रेम - TopicsExpress



          

*****एउटा अदभुत प्रेम कथा********** तिनीहरुको पहिलो भेट एउटा पार्टीमा भएको थियो । उनी अरुभन्दा अलग थिइन् । सबै केटाहरु उनको पछी लागिरहेका थिए । तर उ भने एउटा सामान्य खाले केटा थियो., कसैले उसको वास्ता गर्दैन थियो । पार्टी सकिए पछि उसले तिनलाई सँगै बसेर कफी पिउन आग्रह गर्छ । उनि अचम्ममा परिन् तर उनको नम्र स्वभावका कारण उनले उसको आग्रहलाई नकार्न सकिनन् ।तिनीहरु एउटा राम्रो कफी-शपमा गए । ऊ आत्तिएको हुनाले उसले केहि पनि बोल्न सकेन । उनलाई पनि साह्रै अप्ठ्यारो लागिरहेको थियो । अकस्मात् उसले वेटरलाई भन्छ, "अलिकति नून दिनुस् न, मेरो कफीमा हाल्नको लागि"। सबैजना छक्क परेर उसलाई हेर्न थाले । उ लाजले रातो पिरो भयो । तर पनि उसले आफ्नो कफीमा नून मिसायो र पिउन थाल्यो । आफ्नो जिज्ञासा मेटाउन उनले उसलाई यसको कारण सोध्छे । जवाबमा उसले भन्छ," मेरो बाल्यकाल समुद्र किनारमा बितेको थियो । म समुद्रमा खेल्न मनपराउथे । मलाई अझै समुद्रको नुनिलो पानी याद आँउछ । त्यहि याद ताजा गर्न म सधै नून भएको कफी खान्छु । त्यसपछि मलाई मेरो आमाबाबुको याद आँउछ जो अझै त्यहिँ समुद्रितटमा बस्छन । मलाई उहाँहरुको माया साह्रै खट्किन्छ ।" यति भन्दै उसको आँखा आँसुले भरिन्छ ।उसको कुराले उनको पनि मन छुन्छ । उनले पनि आफ्नो बाल्यकालको कुराहरु सुनाउन थाल्छिन् । त्यहाँबाट उनीहरुको प्रेम कथाको राम्रो शुरुवात हुन्छ । उनीहरु सधैं भेट्न थाल्छन् र एक अर्कालाई मन पराउँछन् । उनीहरु बिहे गर्छन् र रमाईलो गरि जीवन बिताउन थाल्छ्न् ।उनी हरेक दिन उसकोलागि कफी बनाउथिन् र त्यसमा नून हाल्थिन् किनभने उनी सोच्थिन् कि यसरी बनाएको कफी उसलाई मनपर्छ ।उनीहरुको पहिलो भेट भएको पनि ४० वर्ष बितीसक्छ । उ मरिसकेको हुन्छ । उ मर्दा उसले एउटा चिठि उनको नाममा छोडेको हुन्छ जसमा उ लेख्छ, "प्रिय मलाई माफ गरिदेउ । मैले ४० वर्ष अगाडि तिमीसँग एउट झुठ बोलेको थिएँ । पहिलो पटक भेट्दा म साह्रै आत्तिएको थिएँ । त्यसैले मैले त्यो दिन चिनीको ठाउँमा नून माँगे । मलाई थाहा थिएन हाम्रो कथाको सुरुवात त्यहि नून भएको कफीबाट हुन्छ भनेर । मैल तिमीलाई धेरै पल्ट साँचो कुरा सुनाउन खोजे तर तिमीलाई गुमाउने डरले केहि पनि भन्न सकिन । तर म अहिले मर्न लागेको छु त्यसैले मलाई केहि पनि डर छैन । म तिमीलाई सबै कुरा भनेर मर्न चाहन्छु । मलाई नून भएको कफी पटक्कै मन पर्दैन । त्यसको सारै नमिठो स्वाद हुन्छ । तरपनि मैले जीन्दगीभर नूनिलो कफी खाँए । त्यहि कारणले मैले जीन्दगीभर तिम्रो साथ पाएँ । मलाई त्यहि कुराको खुसि लाग्छ । अर्को जन्ममा पनि म तिमीसँगै हुन चाहन्छु चाहे मलाई जिन्दगीभर फेरि नूनिलो कफी किन खान नपरोस् ।" यस्तो कुरा पढेर उनको आँसुले चिठी नै भिज्छ ।कुनैदिन कसैले उनलाई सोध्छ , " नून भएको कफीको स्वाद कस्तो हुन्छ?" उनी जवाब दिन्छिन्, " साह्रै मिठो हुन्छ"
Posted on: Tue, 08 Oct 2013 10:34:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015