एक पल्ट सबै भावानाहरुले - TopicsExpress



          

एक पल्ट सबै भावानाहरुले लुकामारी खेल्ने सल्लाह गरेछन….. पिडाले आँखा छोपेर गन्न थाल्यो अनि अरु सबै लुक्न गएछन, झुट एउटा रुखको मुनि लुक्न गयो . .. माया गुलाबको बोट मुनि यस्तै गरि रिस, आवेग, इर्श्य पनि विभिन्न ठाउमा . .. सबैले पक्राउ खाए तर माया लाई पकड्न सकेनन, इर्श्याले पिडा लाई भन्यो- "हेर त्यो माया कहाँ लुकेको छ" पीडाले मायालाई जबरजस्ती तानेर बाहिर निकाल्यो| काडाले घोचेर मायाको आँखा नै फुट्यो र अन्धो हुन पुग्यो यो देखेर भगवानले पीडालाई सजाय यस्तो दिए कि, पीडाले सधै भरि माया संगैबस्नु पर्ने भयोl त्यहि दिन देखि माया अन्धो छ अनि जहाँ जहाँ माया छ त्यहाँ पिडा दिएकैछ . .
Posted on: Wed, 21 Aug 2013 06:40:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015