एनसेल टेलिकमभन्दा ७७ - TopicsExpress



          

एनसेल टेलिकमभन्दा ७७ प्रतिशत महँगो काठमाडौं, भदौ ४ – निजी मोबाइल कम्पनी एनसेलले पछिल्लोपटक कर छली र विभिन्न योजनाको नामममा उपभोक्ता ठगी गरेको कम्माण्डर पोष्टले आज खबर छापेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालका दुई ठूला मोबाइल सेवाप्रदायक कम्पनी नेपाल टेलिकम र एनसेलबारे गरेको अध्ययनमा एनसेलको सेवा नेपाल टेलिकमभन्दा ७७ प्रतिशत महँगो भएको पाइएको हो । आइटियुको निर्धारणमा टेलिफोनका लागि मोबाइल सेवाको विभिन्न कलको टोकरी प्रतिमहिना ५० मनिेट ९ सेकेन्ड हुन्छ । करको हिसाब नगर्ने हो भने यो मूल्य नेपाल टेलिकमका हकमा ५७ रुपैयाँ १५ पैसा पर्न जान्छ भने एनसेलका हकमा १ सय १ रुपैयाँ २५ पैसा । एकसेलको सेवा नेपाल टेलिकमको भन्दा ७७ ५ पैसा महँगो हुन पुगेको छ ।उसले विभिन्न योजना देखाएर उपभोक्तासँग लुटकै शैलीमा शुल्क असुल गरिरहेको पाइएकोछ । उसको कम्पनी टेलियासोनेरा आफ्रनैदेश स्विडेनमा भ्रस्टाचारको मुद्दा त्यहाँको अदालतमा विचाराधीन छ ।टेलिसोनेरियामास्विडेन सरकारको ३७ प्रतिशत सेयर छ भने भ्रष्टाचार मुद्दामा कम्पनीमाथि अनुसन्धान जारी छ । टेलियासोनेराको उज्वेक साझेदारको स्विडिस बैंकमा रहेको ३ करोड अमेरिकी डलर सम्पत्ति अवैध भएको भन्दै अनुसन्धान गर्न स्विडेनको अदालतले आदेश दिइसकेको छ ।
Posted on: Tue, 20 Aug 2013 03:09:47 +0000

Trending Topics



Recently Viewed Topics




© 2015