कम्प्युटर सम्बन्धि केहि - TopicsExpress



          

कम्प्युटर सम्बन्धि केहि साधारण "टिप्स र ट्रिक्स" हरु: माउसको काम किबोर्डले गर्नुहोस्: - यदि कुनै बेला तपाइको माउसले कम गरेन भने के गर्नु हुन्छ ? तापाईलाई थाहा छ माउसको कम कि-बोर्डले पनि गर्न सकिन्छ ? त्यसका लागि Shift+Alt-Num Lock कि थिच्नुहोस् र ओके गर्नुहोस् । अब तपाईले माउसको कम Number Key हरुबाट गर्न सक्नुहुनेछ । कम्प्युटरको पासवार्ड बिस्सनु भयो भने: - यदि तपाइँले आफ्नो कम्प्युटरको पासवार्ड बिर्सनु भयो भने यो स्टेप प्रयोग गरेर आफ्नो कम्प्युटर On गर्नुहोस् Password Enter गर्ने ठाउँ देख्नु हुनेछ । अब ctrl+Alt+Delete कि थिच्नुहोस Username लाई Change गरेर administrator राखीदिनुस् र ok गर्नुस । कम्प्युटरलाई छिटो Shut Down गर्ने तरिका: - सबै भन्दा पहिले Ctrl+Alt+Delete थिच्नुहोस Task Manager खुल्नेछ Shut Down Tab मा click गर्नुस ctrl कि लाई Press गरेर Turn Off मा क्लिक गर्नुस । आफ्नो कम्प्युटर को सम्पूर्ण जानकारी: - यदि तपाइँलाई आफ्नो कम्प्युटर बारे सम्पूर्ण जानकारी थाहा छैन र त्यो जान्न चाहनु हुन्छ भने Start>run मा click गर्नुस र त्यहाँ Command टाईप गर्नुस Command पेज खुल्नेछ अब त्यहाँ System info टाईप गरेर Enter गर्नुस । अब तपाईले आफ्नो Computer को सम्पूर्ण जानकारी हेर्न सक्नुहुनेछ । आफ्नो कम्प्युटरलाई fast गराइराख्न्न चाहानु हुन्छ भने: - यदि तपाइको कम्प्युटर slow चल्छ र त्यसलाई fast गराउन चाहनु हुन्छ भने यी कुरा हरूलाई याद रख्न्नुस । आफ्नो कम्प्युटर C Drive मा धेरै फाइल Save नगर्नुस र सके सम्म C Drive को क्षमता ५०% free नै होस् । Desktop मा धेरै फाइलहरु राख्न्ने नगर्नुस यसले तपाइँको कम्प्युटर को Ram त्यसमा use भई राखेको हुन्छ र कम्प्युटर slow चल्छ । कम्प्युटरमा काम गरिसकेपछि ShutDown गरेर मात्रै Off गर्ने गर्नुपर्छ । कम्प्युटरको Virtual Memory बढाउने तरिका: - तपाईहरुको कम्प्युटरको virtual memory कम भएर पनि कम्प्युटर slow भएको हुन सक्छ, तपाइले virtual मmemory लाई बढाउन सक्नु हुन्छ, My computer icon लाई Right क्लिक गर्नुस र Properties मा जानुस । Advance tap मा क्लिक गर्नुस Performance को Settings मा क्लिक गर्नुहोस् । त्यस भित्रको Advance tap मा क्लिक गर्नुस । Virtual memory को Change icon मा क्लिक गर्नुस र virtual memory reset गर्नुस । कम्प्युटर लाई restart गर्नुहोस् । Network connection को full Detail को लागि: - Start>Run र त्यहाँ ncpa.cpl टाईप र Enter गर्नुस । तपाईको कम्प्युटरमा भएको network connection हरुको पेज खुल्ने छ । Ms-word को फाइललाई password ले lock गर्न चाहानु हुन्छ भने: - यदि तपाई Ms-word मा टाईप गरेको document लाई अरुले नहेरोस भन्ने चाहानु हुन्छ भने त्यसलाई आफ्नो password राखी लक गर्न सक्नु हुन्छ, त्यसको लागि Ms-word को Tool बारको Tools मा क्लिक र option मा क्लिक गर्नुस र Password to open भन्ने box मा आफुले चाहेको Password राख्नुहोस>ok>password> लाई Comform गर्नुस र ok अब तपाईले आफ्नो Document लाई save गरिदिनुस । कम्प्युटरको speed बढाउन: १. सर्बप्रथम कम्प्युटर खुल्ने बित्तिकै कुनै पनि Application चाँडचाँडै नखोल्नुस , पहिला राम्रो संग Pc लाई राम्रो संग Boot Up हुन दिनुस । २. कुनैपनि Application बन्द गरि सके पछि आफ्नो Desktop लाई एक पल्ट Refresh गर्नुस यसले तपाईको Unused File हरु Remove हुन्छ । ३. आफ्नो कम्प्युटरमा सकेसम्म Wallpaper को प्रयोग नै नगर्नुस र यदि गर्नुनै छ भने ठुलो साइजको image लाई use नगर्नुस । ४. आफ्नो Desktop मा धेई Unnecessary shortcut हरुलाई नराख्ननुस । Desktop मा फोटो तथा Music को फाइललाई पनि save नगर्नुस । ५. Recycle Bin लाई बेला बेलामा Empty गरि रख्न्नुस । तपाईले Delete गर्नु भएको फाइलहरु Recycle Bin मा जम्मा भई राखेको हुन्छ र तपाईको कम्प्युटरको Hard Drive को ठाउँ यसले लिई राखेको हुन्छ । ६. Temporary Internet files लाई बेला बेलामा delete गरि रख्न्नुस । ७. आफ्नो कम्प्युटरलाई प्रत्येक २ महिनामा Defragment गर्नुस । यसले तापीको कम्प्युटरको Harddrive मा धेरै खाली ठाउँ बनाउछ र Program हरु Fast चल्छन । ८. आफ्नो कम्प्युटरलाई जहिले पनि २ वा २ भन्दा बढीमा partitions गर्नुस र सके सम्म Software हरुलाई दोस्रो वा तेस्रो Drive मा Install गर्नुस । सके सम्म C Drive लाई खाली नै रख्न्नुस । ९. आफ्नो कम्प्युटरलाई धुलो बाट पनि सके सम्म बचाऊनुहोस, किन भने, धुलोले तपाईको कम्प्युटरका Cooling Fan हरुलाई जाम गरि दिनसक्छ यसले कम्प्युटर अनावश्यक रुपमा तातो हुन सक्छ र कम्प्युटर Slow Down हुन सक्छ । १०. जब तपाईले नयाँ software हरु install गर्नु हुन्छ, त्यो software को tray icon लाई disable गर्नुस, यी icon हरुले तपाईको कम्प्युटरको RAM को use गरि राखेको हुन्छन् र कम्प्युटर slow हुन्न सक्छ र software का Starting the application automatically option लाई पनि disable गर्न नभुल्नु होला । यस्ता option हरुलाई तपाईले Software हरु install गरि सकेपछि उक्त Software को Tools मा गएर पनि Disable गर्न सक्नु हुनेछ ।
Posted on: Mon, 09 Sep 2013 09:36:32 +0000

Trending Topics



Recently Viewed Topics




© 2015