क्रिकेटर भेषावकरलाई - TopicsExpress



          

क्रिकेटर भेषावकरलाई नागरिकता दिन पहल १९ भदौ, काठमाण्डौ । उच्चस्तरीय राजनीतिक समितिले राष्ट्रिय क्रिकेटर शरद भेषावकरलाई नेपाली नागरिकता प्रदान गर्न सरकारसंग आग्रह गरेको छ । समितिको मंगलवार बसेको वैठकले भेषावकरलाई नागरिकता दिलाउन पहल गर्ने निर्णय गरेको जानकारी एमाले नेता रघुजी पन्तले दिए । बैठकअघि शीर्ष नेताहरुले नेपाल क्रिकेट संघ क्यानका महासचिव अशोकनाथ प्याकुरेलसहितका पदाधिकारी, नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्का र भेषावकरसंग भेट गरेका थिए । राष्ट्रिय क्रिकृट टिमका प्रमुख व्याट्सम्यान भेषावकरले हालसम्म नेपाली नागरिकता पाउन सकेका छैनन् । भारतीय बाबु र नेपाली आमाका सन्ता भेषावकरले नाबालक रहँदा बनाएको प्रवेशाज्ञाकै आधारमा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहाभागिता जनाउँदै आएका छन् । विगत १८ वर्षदेखि नेपालमा स्थायी बसोबास गर्दै आएका भेषावकरको प्रवेशात्राको निर्धारित समयपनि आगामी वर्ष सकिँदैछ । नेपालले यसै वर्ष खेल्ने ट्वान्टी ट्वान्दी र एक दिवसीय विश्वपक छनोट चरणको तयारीमा रहेका भेषावकर टिमका मुख्य खेलाडी हुन् । यसै वर्ष बर्मुडामा सम्पन्न आइसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ जितेर नेपाललाई एक दिवसिय विश्वकप छनोट चरणमा पहिलो पटक पुर्‍याउन भेषावकरको विशेष योगदान थियो । फाइनलमा उनले युगान्डाविरुद्ध अविजित अर्धशतकीय पालि खेलेपछि नेपाल पाँच विकेटले विजयी भएको थियो । क्यानले राष्ट्रिय क्रिकेटरको मेसिन रिडेवल पासपोर्ट एमआरपी बनाउने तयारी गरिरहेका बेला भेषावकरको नागरिकता नभएकाले ठूलो समस्या पर्ने देखिएको छ । उनको प्रवेशाज्ञा नवीकरण गर्न पनि समस्या छ । बुधवार अन्नपूर्ण पोष्ट दैनिकले समचार छापेको छ ।
Posted on: Wed, 04 Sep 2013 03:19:42 +0000

Trending Topics



y school graduate I had an opportunity to train
o-the-list-every-week-STRIDER-topic-501719356595359">A new run time to be added to the list every week!! STRIDER

Recently Viewed Topics




© 2015