चीनको चित्त दुखाएर - TopicsExpress



          

चीनको चित्त दुखाएर भारतबाट फर्के प्रधानसेनापति १९ असोज काठमाडौं । चीनको विषयमा विवादास्पद अभिव्यक्ति दिएर प्रधानसेनापति गौरवसमशेर जबरा एकसाता लामो भारत भ्रमण पूरा गरी शनिबार स्वदेश फर्कनु भएको छ । नेपाली सेनाले राणाको भ्रमणले ‘नेपाल र भारतवीचको परम्परागत सैनिक सम्बन्धका अलावा दुई देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन मद्दत पुगेको’ दाबी गरेको छ । तर, यो भ्रमणले भारतसँगको सम्बन्ध न्यानो बनाए पनि चीन र नेपालवीचको सम्बन्धलाई भने चिसो बनाउने काम गरेको कूटनीति वृत्तमा चर्चा हुन थालेको छ । प्रधानसेनापति राणाको स्वदेश फिर्तीकै दिन शनिबार नेपाली सेनाले विज्ञप्ति निकालेर भनेको छ- ‘दुई छिमेकी मित्रराष्ट्रहरुसँगको आपसी सौहार्दपूर्ण सम्बन्धलाई निरन्तरता दिने सिलसिलामा नेपाली सेनाका प्रधानसेनापतिले गर्नुभएको मित्रराष्ट्र भारतको यो दोस्रो औपचारिक भ्रमणले नेपाल र भारतवीचको परम्परागत सैनिक सम्बन्धका अलावा दुई देशबीचको आपसी सम्बन्धलाई अझ मजबुत र प्रगाढ बनाउन मद्दत पुगेको विश्वास लिईएको छ ।’ तर, प्रधानसेनापति राणा भारतीय टाइम्स अफ इण्डियाले शुक्रबार प्रकाशित गरेको समाचारले भने प्रधानसेनापतिलाई विवादमा तानेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उहाँले नेपाल र भारतवीचको सम्बन्धबारे बोल्ने क्रममा चीनलाईसमेत मुछेपछि उहाँको अभिव्यक्तिको नेपालमका चर्को आलोचना भएको छ । दुई देशवीचको सम्बन्ध विस्तारका क्रममा तेस्रो देशका बारेमा राणाले गरेको भनिएको टिप्पणी र त्यसबारे उठेको प्रश्नमा नेपाली सेनाले अहिलेसम्म केही पनि बोलेको छैन । टाइम्स अफ इण्डियाका अनुसार प्रधान सेनापति राणाले चीन भारतीय भूमिमा छिर्न नसक्ने बताउनुभएको थियो । चिनिया सेनाले लद्दाखको ६४० वर्ग किलोमिटर भारतीय भूमि कब्जा गरेको भन्ने भारतीय संचार माध्यमहरुका समाचारको पृष्ठभूमिमा बोल्दै राणाले चीनले भारतीय भूमिमा छिर्ने कुरा थेग्न नसक्ने बताउनुभएको हो । ‘चीन तिबतको मामिलाकै कारण चिन्तित छ, जिनिजियाङ क्षेत्रमा पृथकतावादी आन्दोलन छ, यस्तो अवस्थामा चिनिया जनमुक्ति सेना भारत वा नेपालमा छिर्ने कुरा थेग्न सक्दैनु विशेष अन्तरवार्तामा राणाले भनेको भन्दै टाइम्स अफ इण्डियाले लेखेको छ-’हिमालय वा इण्डो गंगेटिक समतल क्षेत्र कुनै पनि कारणले चीनले भारतीय भूमिमा हस्तक्षेप गर्ने तुक छैनु- राणाको भनाइ थियो । राणाले चिनियाँ सेनाबाट हुने आक्रमण वा युद्धको ससक्त प्रतिकार गर्न भारतीय सेना सक्षम रहेको समेत उहाँको भनाइ थियो । प्रधानसेनापति राणाको यस्तो अभिव्यक्तिप्रति कूटनीतिक क्षेत्रबाट आलोचना हुन थालेको छ । भारतीय सञ्चारमाध्यममा आएको यस्तो गम्भीर अभिव्यक्ति प्रति नेपाली सेना मौन रहँदा यसले नेपाल र चीनवीचको सम्बन्धमा असर पर्ने चिन्ता गर्न थालिएको छ । प्रधानसेनापतिले भारतमा पुगेर चीनको विषयमा दिएको अभिव्यक्तिबाट चीनलाई सशंकित हुने आधार प्रदान गरेको छ । भारतसँग नेपालीहरुले गर्ने त्यस्ता कुराकानीप्रति चीनले चित्त दुखाउने गरेको एमालेका एक नेता अनुभव सुनाउँछन् । एमाले नेता माधवकुमार नेपालले भारतको हैदरावादमा आयोजित एक कार्यक्रममा चीनका विषयमा बोलेको र एकजना ताइवानीलाई नेपालमा भेट दिएको विषयलाई लिएर चीनले अहिलेसम्म माधव नेपाललाई नराम्रो नजरले हेरिरहेको एमाले नेताको गुनासो छ । बहालवाला प्रधान सेनापतिले भारतमा गएर चीन र तिब्बत विषयमा नानाथरि बोल्नु र चीनसँगको सम्बन्धलाई भारतसँग तुलना गर्न सकिँदैन भन्नु मुलुकका लागि गम्भीर विषय हो । यसबारे टाइम्स अफ इण्डियाको समाचारो नेपाली सेनाले खण्डन नगरेसम्म यो विषयले चीनलाई मात्रै होइन, नेपालीहरुलाई समेत आशंका जन्माइरहने खतरा छ । भारतका ज्वाइँका रुपमा चिनिने प्रधान सेनापति विवादमा तानिुन भनेको सिंगै नेपाली सेनाको छविमाथि असर पर्ने भएकाले सेनाले यसविषयमा प्रष्ट्याउन जरुरी देखिए पनि शनिबार जारी विज्ञप्तिमा नेपाली सेनाले यसबारे केही पनि प्रष्टयाएको छैन ।
Posted on: Sat, 05 Oct 2013 18:07:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015