छोरीलाई बलात्कार गर्ने - TopicsExpress



          

छोरीलाई बलात्कार गर्ने बुवाविरुद्ध मुद्धा दर्ता डडेल्धुरा,भाद्र८डडेल्धुरामा आफ्नै छोरीलाई बलत्कार गर्ने बुबा बिरुद्ध मुद्धा दर्ता गरिएको छ । आफ्नै १४ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा पीडित बालिकाकाले ३२ वर्षीय बुवा बिरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । उनी बिरुद्ध जबरजस्ती करणी र हाडनाता सम्बन्धीको मुद्धा दर्ता गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी कृष्ण प्रसार्इँले बताउनु भयो । गत वैशाख देखी छोरीलाई विभिन्न बाहनामा बलात्कार गर्न खोजेको र भदौ ५ गते बिहान बलात्कार गरेको पीडित बालिकाले बताएकी छिन् । पीडित बालिकाले आरोपित विरुद्ध उजुरी दर्ता गरेपछि सोही दिन आरोपितलाई प्रहरीले गिरफ्तार गरेको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण तथा उपचार उपक्षेत्रीय अस्पताल डडेल्धुरामा गरिएको डडेल्धुरा प्रहरी प्रमुख डिएसपी प्रर्साईले बताउनु भयो ।
Posted on: Sat, 24 Aug 2013 07:16:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015