जो यद्दपि मुस्लिम भएर त - TopicsExpress



          

जो यद्दपि मुस्लिम भएर त जन्मियो र जीवनभरी अचेतन (अनभिज्ञ) रूपमा मुस्लिम नै रह्यो । उसले आफ्नो ज्ञान तथा बुद्धि–विवेकलाई प्रयोग गरी अल्लाहलाई चिन्न सकेन र आफ्नो अधिकार क्षेत्रमा उसले अल्लाहको आज्ञा मान्न अस्वीकार ग¥यो । यस्तो किसिमको मानिसलाई “काफिर” भनिन्छ । “कुफ्र” को मौलिक अर्थ “पर्दा हाल्नु” वा “लुकाउनु” हो । आफ्नो सहज प्रकृतिमाथि अज्ञानताको पर्दा हालेको हुनाले नै उसलाई “काफिर” भनिएको हो । उसको स्वभाव र जन्मजात प्रकृति इस्लाम अनुरूप छ । उसको शरीर तथा शरीरका प्रत्येक अंगले इस्लामको प्रकृति अनुरूप काम गरिरहेको हुन्छ । उसको चारैतिर सम्पूर्ण संसार इस्लाममा चलिरहेको हुन्छ । तर, उसको हृदय एवं बुद्धिमा भने पर्दा लागेको हुन्छ । सम्पूर्ण संसार र स्वयम् आफ्नै प्रकृति उसबाट लुकेको हुन्छ । यसप्रकार उसले प्रकृतिको विरुद्धमा सोच्दछ र त्यसको विपरीत हिंड्ने प्रयास पनि गर्दछ । यसरी “काफिर” कत्रो ठूलो भ्रममा परेको रहेछ भन्ने कुरा स्पष्ट हुन्छ ।
Posted on: Tue, 24 Sep 2013 08:14:49 +0000

Recently Viewed Topics




© 2015