जनसंख्याको ३४.६८ प्रतिशत - TopicsExpress



          

जनसंख्याको ३४.६८ प्रतिशत मात्रै वास्तविक मतदाता: ८ साउन, काठमाण्डौं । संविधानसभाको दोस्रो निर्वाचनको वास्तविक मतदाता करिब ९२ लाख मात्रै रहेको पाइएको छ । संविधानले तोकेबमोजिम १८ बर्ष पुगेका नामावली हेर्दा सो तथ्य पाइएको हो । यो संख्या कुल जनसंख्याको ३४ दशमलब ६८ प्रतिशत हो । जनगणना २०६८ अनुसार नेपालको कुल जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको छ । मतदाता सूची १ करोड २३ लाख ८ हजार ३ सय १४ जना दर्ता भएका छन् । त्यसमध्ये ७४ दशमलब ६५ प्रतिशत मात्र १८ बर्ष पुगेकाले सो संख्याका मतदाताले मात्रै संविधानसभामा मतदान गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार ९१ लाख ८८ हजार १ सय ५६ जना मात्रै मतदान गर्न योग्य छन् । अघिल्लो संविधासभामा १ करोड ७६ लाख मतदाता थिए भने ६३ प्रतिशत मात्रै मत खसेको थियो । फोटोसहितका मतदाता नामावलीमा दर्ता भएका ३१ लाख २० हजार १ सय ५८ जना १८ बर्ष नपुगेका नागरिक रहेको राजधानी दैनिकमा खबर छ ।
Posted on: Tue, 23 Jul 2013 03:57:53 +0000

Trending Topics



Recently Viewed Topics




© 2015