जेनेरेसन ग्याप भन्ने - TopicsExpress



          

जेनेरेसन ग्याप भन्ने गरिन्छ, मैले यो कुरा आज आफैं अनुभव गरें ! मस्कोको रसिया थियटरमा आज साझँ भारतीय पप गायक मिका सिंहको कन्सर्ट थियो ! मिका सिंह बर्तमान भारतीय पुस्तामा निक्कै नाम चलेका गायक हुन भनेर भाईहरुले कन्भिन्स गरेकाले कन्सर्ट हेर्न गयौं ! मैले भने यिनको नाम पहिलो पटक सुनेको हुँ ! सन १९८७ मा आशा भोसलेको गायन प्रस्तुती होटेल रसियाको कन्सर्ट हलमा हेरेको थिएँ ! त्यति बेला आशा भोसले ले उनको कन्सर्ट हेर्न आएका धेरै रुसी नागरिकलाई देखेर उत्साहित हुँदै भनेकी थीईन ! “ संसारका धेरै देशमा कन्सर्ट देखाएँ, तर यति धेरै गोरा मानिसहरुको उपस्थितिमा आज पहिलो पटक मेरों कन्सर्ट रुसमा हुदैछ !” हुन पनि त्यो समय नै त्यस्तै थियो ! रुसी- भारती भाई-भाई भनिने त्यो जमानामा बलिउड फिल्म,त्यहाँका कलाकार, भारतीय गीत, नृत्य आदि प्रति शोभियत जनताको निक्कै ठुलो क्रेज थियो ! मिका सिंहको कन्सर्ट ४ बजे देखि नै सुरु हुने भनेर करिब २००० दर्शकहरु हलमा जम्मा गरे पनि कार्यक्रम भने झण्डै २ घन्टाको प्रतिक्षा पछि ६ बजे मात्र सुरु भयो ! ढिलो कार्यक्रम सुरु भएकोमा आयोजकहरुले क्षमा माग्नु जरुरि सम्झेनन ! यति धेरै नाम चलेका गायक मिका सिंहका आफ्नै पनि राम्रा गीतहरु अवस्य होलान ! तर किन हो कुन्नि आज भने उनले धेरै पुराना गीतहरुलाई नै रिमिक्स गरेर सुनाए ! दर्शकहरु निक्कै मजा लिएर हलमा नाची रहेका थिए ! गीत संगीतमा मलाई पनि राम्रै रुची छ, तर आज यिनको प्रोग्राममा भने त्यति मजा लिन सकिएन ! मलाई चाहिं मिका सिंहका गीतहरु भन्दा पनि कार्यक्रम सुरु भन्दा अगाडी थियटरको ठुला ठुला स्क्रीनमा रिपिट गरेर देखाइएको लता मंगेसकरको रास्ट्रप्रेमले ओतप्रोत र शहिदहरु प्रति समर्पित गीत “ ऐ मेरे वतन् के लोगो, तुम खूब लगा लो नारा........... “ नै मन पर्यो ! ०३.०८.२०१३ मस्को, रुस
Posted on: Sun, 04 Aug 2013 09:18:23 +0000

Trending Topics




© 2015