ज्ञानेन्द्र शाहको - TopicsExpress



          

ज्ञानेन्द्र शाहको मन्दिर मोह र चोरिबाटोबाट सुदुर पश्चिमे बाढिपिडित जनतालाई राहाद बितरण गरेको बारेमा अस्ति ओम जि र मेरो बिचमा कुराकानि भएको थियो।मान्छे जान-अन्जानमा गरेका पापहरु पखाल्न,आफु धन-धान्यले फलिफाव हुन र सम्पूर्ण लोकमा गन्य-मान्य हुने लालसामा मठ-मन्दिर,गुम्बा-चैत्य,मस्जिद-चर्च आदि धर्मिक स्थलहरुमा भौतारिने गर्छ तर ज्ञानेन्द्र शाह यी चिजहरुका अलावा धर्मका नाममा राजनिति गर्नको लागि मठ-मन्दिरमा र गुम्बाहरुमा भौतारिने गर्छन। लुटको धन फुपुको श्रध भने जस्तो बिगतमा हामि गरीब-निमुखा जनताबाट असुलेको कर बाट कमाएको अकुत सम्पतिको केहि हिस्सा हिमानि राहाद कोषको चोरि बाटोबाट बाढिपिडितलाई वितरण गर्ने र यहि माध्यामबाट जनतासँग एकाकार हुने उद्देश्यले ज्ञानेन्द्र शाह सुदुर पश्चिम गए र जनताका अनुहारमा आफ्नो कालो चश्मा टल्काएर आए।उनको कालो चश्मा कति दोशि छ भन्ने कुरा ति अज्ञानि सुदुर पश्चिमेहरुले बुझ्दै बुझेनन्।उल्टै उनकै वरिपरि झुम्मिए र उनकै जयजयकार गाए। कुराकानिकै क्रममा मैले भनेँ-ओम जि यो कुरा त युद्धमा हार खाएको कमाण्डरको अगाडि सिपाईहरुले उसकै जयजयकार गरेजस्तो भएन र?ओम जिले भन्नु भयो-हैन शिव जि यो दृश्य त एउटा सिनोको वरिपरि गिद्ध झुम्मिएको जस्तो छ।आखिर गिद्ध न हो आँफै शिकार गर्न सक्दैन तर मरिसकेको सिनो लुछ्न त सक्छ नि।म ओम जिको कुरामा पुरैका पुरै सहमत भएँ।हामि नेपालीहरु यति निरिह भएर कहिलेसम्म गिद्ध भई राख्ने?आकाशमा आफ्नो वर्चश्व आफैँ कायम राख्ने,आफ्नो आहारा आफै जुटाउने वाज बनौ न बरु। कि कसो?
Posted on: Sun, 04 Aug 2013 10:37:45 +0000

Trending Topics



Recently Viewed Topics




© 2015