दिल छुने कथा पुरै पढ्न - TopicsExpress



          

दिल छुने कथा पुरै पढ्न नभुल्नु होला !! एउटा केटा जसको नाम डेबिट थियो, उसको जन्म एक सामान्य परिवारमा भयो, उसको आमा धेरै खुशी भईन ! एक दिन उनि छोरालाई सुताईराखेर बगैँचामा गईन ! जब उनि बगैँचामा थिईन उनको घरमा आगो लाग्यो ! उनि छिटो भन्दा छिटो दौडिएर आफ्नो छोरालाई बचाउन घर तर्फ गईन, मान्छेहरुले उनलाई रोक्ने कोशिस गरे तर उनिहरु सफल भएनन ! उनि आफ्नो छोरा सुतेको ठाँउमा पुगिन छोरा सकुशल रहेछ, तर अचानक उनको कपाललाई आगोले भेट्यो र उनि आगोले जल्न पुगीन् ! उनको जिवन आगोले पोलेको दागबाट धेरै खराब हुन पुग्यो , छोरा ठुलो हुदैँ गयो र धेरै धनि भयो र उ शहर तिर बसाँई सर्यो ! किनकी उ धेरै लज्जित भयो उसको आमाको शरिरको दाग देखेर ! जब मान्छेहरुले उसलाई सोध्थे, उ भन्थ्यो :- मेरो परिवारमा मेरो आमा जस्तो नराम्रो कोही छैन... एक दिन उसको आमाले आफ्नो बारेमा छोराले भनेको सबै कुरा थाहा पाईन र उनि साह्रै दु:खि भईन, उनले उनि कसरी नराम्री भईन भन्ने कुरा बताउन शहर जाने निर्णय गरिन, तर उनि चढेको बस अचानक दुर्घटना भयो र उनको मृत्यु भयो ! त्यो छोराले त्यो खबर सुन्यो तर उ धेरै खुशी भयो.. उ हतपत गाँउ गयो , उसले मान्छेहरु धेरै दु:खी भएको देख्यो, तर उसले कसैलाई वास्ता नगरि सिधा आमाको कोठा भित्र छिर्यो र महत्वपुर्ण कागजपत्र खोज्न थाल्यो र उसले आमाको पुरानो डायरी भेट्यो.... डायरीमा यस्तो लेखेको थियो:- दिन 5th Sept 1980:- म मिस टोरोन्टो प्रतियोगितामा बिजयी भएँ..! दिन 14th Jan 1982:- मेरो पति टोनि गेटसन एक दुर्धटनामा परेर मृत्यु भयो र मलाई 6 महिनाको गर्भवति छोडेर जानुभयो ! दिन 2nd July 1983:- मैले मेरो छोरालाई आगोबाट बचाउँदा मेरो कपाल र मेरो अनुहारमा दाग लाग्यो ! जब उसले यो सबै पढ्यो र धेरै दु:खि भएर रुन थाल्यो, तर धेरै ढिला भईसकेको थियो ! मोरल:- कहिल्यै आफ्नो आमाबुबालाई दुर्व्यवहार नगरौँ, उनिहरुले सधैँ हामीलाई आशिर्वाद दिईरहेका हुन्छन र जब हामी रुन थाल्छौँ उनिहरु हामीलाई छोडेर गईसकेका हुन्छन !!
Posted on: Tue, 25 Jun 2013 08:56:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015