धर्मको अगाडी कुनै विशेषण - TopicsExpress



          

धर्मको अगाडी कुनै विशेषण किन? होइन राठौर यार ?विशेषण युक्त धर्म , धर्म होइन बल्कि ,संप्रदायिकता हो। धर्म स्वयं सिद्ध तत्त्व हो-सबै जीवमा समरुपमा एक रूप एकरंग एक रसले अन्तर्निहित छ। धर्मको ध्येय हो-परंआत्म्तत्वमको प्राप्ति -चाहे त्यो हिन्दू,इस्लाम , इसाई या कुनै नामको धर्म किन न होस। यदि मंदिर केवल हिन्दुको ,मस्जिद केवल मुस्लिमको, चर्च केवल इसाईको हो भने -त्यो देवस्थल होइन।अन्यथा त्यों बिभाजन तथा विवादको बीज हो।एक फकिरको फरियाद सुनौ। इनके ये मंदिर,इनके ये मस्जिद , ये जर्परोंस्तोका सज्दागाहे। अगर इनमे रहते हैं इनका खुदा, तो मेरा खुदा इनमे नहीं । हामीलाई हिन्दू धर्मालम्बी भनिन्छ। केवल हामी धर्म्परस्त मात्र हौं जसको अंतर स्वभावलाई सनातन भनिन्छ। हामी आफुलाई स्वयं हिन्दू सम्भोधन गरेनौ।यो केवल हाम्रो धर्म मात्रको होइन- भूगोल, नदी नाला सभ्यता आदि समस्तको विदेसी नामाकरण हो।हिन्द प्रायदीप को पौराणिक नाम हो -आर्यवर्त ।आधुनिक इरानको नाम थियो -आयेरान। हिन्द प्रायदीप ऊपर आक्रमण र उपनिवेशीकरण पश्चिमबाट सुरु भो। पस्चिमको प्रवेश मार्गमा सिन्धु नदी पर्द छ। सिन्धु लाई आक्रमक विदेशीहरुले हिन्दू नामले पुकार थे- प्रकारांतमा सिन्धु बाट हिन्दू , हिन्दू बाट हिन्द ,हिन्द बाट इन्ड र इंड बाट इंडिया कायम भयो। सबैले जानेको कुरो हो-संस्कृतको धृ धातु बाट धर्म शब्द सृजित भएको हो ।जसको अर्थ हुन्छ -धारण गर्नु।स्पष्ट छ केही तत्त्व त छ जसलाई जीवले धारण गर्छ। अब प्रश्न छ के को लागी ? के हो त्यो तत्त्व? भगवान कृष्ण भन्नु हुन्छ - धारणाद्धर्मोमित्याहु: धर्मो धारते प्रजा: - शांति पर्व । अर्थात धर्मको अर्थ -धारण गर्नु र समस्त चराचर जगत धर्मबाट संचालित छन। शंका छैन -यो अनादी अछ्यय नित्य सनातन तत्त्व हो।श्रृष्टि- श्रंखला, जीवन-क्रमबद्धताको कारक उर्जा (driving force) हो -यो जीवमा स्थित तत्त्व ।संपूर्ण जीवको कर्मशीलता, गत्यात्मकताको (mobility ) प्रेरणाको श्रोत हो -धर्म। एकाकी न रमते।सोsकामयत।बहु श्याम प्रजायियेति।-भगवानको उक्त उदघोष अनुशार विस्व रंगभूमिका रंगमंचन को (लीला) आधार पनि येही धारित तत्त्व नै हो।धर्म तत्त्व सारा जीवमा समानरुपेण अन्तर्निहित छ , तसर्थ जीवन छ। गीता समस्त वेद पुराण धर्म शास्त्रको सार हो। कुरुछेत्रको युधभुमिमा भगवान कृष्णको उदगार धर्मको ध बाट प्रारंभ भई मम मा समाप्त हुन्छ।तसर्थ भनिन्छ समस्त गीता धर्म तत्त्वमा समाविष्ट छ।।यो तत्त्व बीजरुपमा सबै प्राणीमा सदा अन्तर्निहित छँदै छ , केवल प्रस्फुटणको प्रखाई छ ।अन्तमा जब भगवान कृष्ण वाक्क भएर आह्वान गर्नु हुन्छ -सर्व धर्मान्य परित्यज्य ,मामेंकम शरणम् ब्रज ! तब तत्काल कुन्ती पुत्र अर्जुन शरणागत , नतमस्तक भई भन्नु हुन्छ-नषठो मोह: स्मृति लब्धा ! तत्काल साछ्यात हुन्छ-परम आत्मतत्त्वम! करीब पांच हजार पूर्व महाभारतकालका घटना घटेको मानिन्छ। भगवान कृष्णको जन्म शास्त्रीय गणना अनुशार सातवां वैवस्वत मन्वन्तर को चौबिशौं द्वापर युगको अंतिम चरणको 4 लाख 63 हजार 874 बर्ख़ 4मास को 22वौं दिन बितेर भाद्र कृष्ण अष्ठमी रोहिणी नछेत्रको मध्ये रातमा भएको मानिन्छ।भगवान कृष्णका गीता हजारों हजार बर्खका चपेटाले धूमिल हुन स्वभाबिक थियो।बहुमूल्य रत्नको चमक पुन: स्थापित गर्न आवश्यक थियो।हिन्दू समाज एकदम विकृत विकारयुक्त ,पंगु, दीन-हिन ,दिशा-हिन् भई सकेको थियो।यसै अवस्थामा भगवान बुद्धको पदार्पण भारतीय प्रायेदिप (indian peninsula)को हिमखण्ड नेपाल भुमिमा करीब 2500बर्ख पूर्व भयो।उहाँ लाई वेद इशोर बिरोधी भनेर लांछित गरिन्थो। वास्तविकता त्येसो होइन। तत्कालिन हिन्द समाज केवल मंदिर र मूर्तिमा , सम्पति-सन्ततिको याचनामा ,स्तोत्र गायनमा मात्र संग्लग्न थियो। खुदको अस्तित्व , पहचान गुमाई एक पाखंडको जीवन यापन भई रहेको थियो।दान दछिणा देऊ -स्वर्ग जाऊ।भगवानको नाम मात्र लेउ ,मोच्छ पाउ। यही रह्यो हाम्रो धर्म शास्त्रको प्रखर प्रचार पनि ।केहि उधारणार्थ - नाम संकृतनम येस्से सर्ब पाप प्रणाशनम। प्रणामो दुःख समनस्तम नमामि हरिम परम। कलियुग केवल नाम अधारा। सुमरी सुमरी भव उतारी पारा। नहीं कलिकर्म न भक्ति विवेकू राम नाम अवलंबन एकु ।-संत तुलसी दास। अन्तस्तलको भाव विहवलतामा प्रस्फुटित प्रार्थनामा जरुर भग्वत्ततता छ। तर मन-मंदिर होइन ,मूर्ति मंदिर पकडेर जहां जीवन यापन छ, त्याहा केवल पाखंड छ। माथिका श्लोक जपेर के मोछ्य प्राप्त हुन्छ ? केवल अमन भाव तथा वैराग्ययुक्त ध्यानले मात्र सिन्धुको काम गर्छ -परमसंग जूटन। भगवान बुद्धको वचनमा केवल धर्मको वाह्य आबरण हटाई ,उपनिषद्का अमूल्य वाणी पुन उजगार गर्नु थियो।वेद,इश्वरको पछेमा त बोल्नु भएन, विपछ्यमा पनि बोल्नु भएन ।केवल यस कारण कि हिन्दू समाज धर्मको नाममा पाखण्डी पूजा पाठ , अर्चन - बंदन, आरती-याचना, कर्म कांड, मूर्ति पुजामा मात्र पुन: न अल्झियोस।मनमंदिर होइन, मूर्ति मंदिर पुन: पकड़ी न बसोस। तर विडम्बना संसारमा, उहाँको मूर्तिले नै ब्यापकता पायो।येति सम्मकि केही देशमा बुत (बुद्ध)को अर्थ नै मूर्ति भन्ने बुझिन्थ्यो। उहाँले मोछ्यको तीन मार्ग दर्शाऊनु भो।संसार अनिश्चल, दुखमय छ -सब्बे संखारा अनिचचति। सब्बे संखारा दुख्ख्ती । दुःखको कारण छन र त्यसको निवारण पनि छ।येहि नै उहाँको सन्देश थियो ।मोचछयका तीन मार्ग उहाँले दर्शाउनु भयो।विस्तृतमा पछि चर्चा गरौंला। उहाँको देहअवशान पछि शिष्य दुई धारमा बिभाजित भए। (1)स्थिरवादी (2) सर्वास्ति वादी। बुद्ध धर्मको मूल उपदेश पालि भाषामा थियो,पछि संस्कृतमा अनुबाद गरिए। स्थिरवादी - महायान (शून्यवाद) संप्रदाय कहलिए।अस्वघोष , नागार्जुन जस्ता महापुरुष महायान सम्प्रदायका थिए। र यो महायान वाद भारतबाट तिब्बत हुँदै जापान,चीन,मंगोलिया आदि देशमा फैलियो। महायानवादलाई बज्रयान पनि भनिन्छ।र स्थिर वादी -हीनयान कहलिए। यो पाली भाषामा लिपिबद्ध छ। यो सम्प्रदाय वर्मा,थाईलैंड, लंका आदि देशमा प्रचलित छ। भगवान बुद्धले-- जनमानसबाट लुप्त भई सकेको भगवान शिवको ध्यान योगलाई जनकल्याणरथ पुनर्जीवित गरी प्रस्तुत गर्नु भयो-जो आज पनि विपश्यनाको नाममा प्रशिद्ध छ।आजको जीवन शैलीमा झन बुद्धिज़्म एकदम समसामयिक, बैज्ञानिक अनुकरणीय हुँदै आएको छ। धर्मको सम्बन्धमा उहाँ भन्नु हुन्छ-एस धम्मो सनंतनो। सन- भनेको आदि अनादी काल देखि , तन भनेको सरीर वा पिंडमा अवस्थित, धारित जुन तत्त्व हो -त्यो हो धर्म। धर्म तत्त्व एक अचल अछयय आदि अनादी नित्य सत्य तत्त्व हो।तसर्थ यस लाई धारण गर्ने शरीर पनि आदि नित्य प्रकृतिको हुनु पर्छ।हाम्रो अस्थि पंजर को भौतिक नगरी छ्यणभंगुर संरचना हो,तसर्थ त्यसमा धर्म तत्त्व स्थित रहन सक्दैन।नव द्वारे नगरी (हाड छालाको ढांचा) भित्र रहेको सूछ्म शरीर जो नित्य तथा अनादी छ , त्यसले धारण गरेको छ -यो धर्म तत्त्वलाई, न कि पञ्च तत्त्वको पिण्डले। कंप्यूटर भित्र रहेको चिप झै हो-सूछ्म शरीर। दन्त्य कथामा सुनिन्थो-फलाना राज कुमारको, फलाना राछेस को प्राण कुनै चरामा रहन्थ्यो भनेर।उसलाई मार्न त्यो चरालाई मार्न आवश्यक हुन्थ्यो। अन्यथा रक्त बीज झै मार्न असंभव। भगवान कृष्णले भनेको -ममै बंशो जीव लोके जीव भूत सनातन: को जीव यसै सुच्म शरीरलाई भनेको हो।न कि हाड छालाको शरीरलाई। मानव शरीर चार किसिमका हुन्छन। (1) स्थूल शरीर (2 ) सूछ्म शरीर (3) कारण शरीर र (4) कैवल्य शरीर। स्थूल शरीर पंच तत्त्वले बनेको हो।यो जागृत अवस्था हो जीवनको। यस्मा पांचौ ज्ञान ,कर्म इन्द्रिय, मन बुधि अहंकार क्रियाशील रहन्छ। यसलाई अन्नमय कोष भन्द छ। सूछ्म सरीर -यसलाई उर्जा सरीर( casual body) , सूछ्म जीव तथा समान्यत :यसलाई जीवात्मा भनेर पनि कहलिन्छ।अवस्था यसको स्वप्न हो। स्वप्न अवस्थामा मन बुधि अहंकार सक्रीय रहन्छ।तर अन्य वाह्य इन्द्रियहरु लुप्त रहन्छ। तर जीव साछि स्वरुप स्थित रहन्छ। यसलाई प्राणमय तथा मनोमय कोष भन्द छ। कारण सरीर(pneumatic body ,ज्योतिर्मय) -यो जीवनको सुषुप्त अवस्था हो। यस अवस्थामा समस्त इन्द्रिय हरु, मन बुधि अहंकार पनि लुप्त हुन्छ।तर जीव द्रष्टाको रुपमा स्थितनै रहन्छ। बुधिको सीमा सम्म मात्र ज्ञान रहन्छ।तद्पश्चाद ज्ञान रह्दैन, तसर्थ यो अज्ञान छेत्र हो। अज्ञ्यान नै कारण हो शरीरको। तत: यसलाई कारण शरीर भन्द छ। यो आनंदमय कोष हो। कैवल्य शरीर -यो परमआनन्दको अवस्था हो जीवनको।यस अवस्थामा सबै बाह्य ,अन्तर इन्द्रियहरु (मन बुधि अहंकार ) लुप्त हुन्छन्। न बाकि रहन्छ ध्याता ,न ध्यान ,न ध्येय ,न ध्येय को नाम ।केवल शेष रहन्छ-नामी ।यो असम्प्रज्ञात निर्बिज समाधिको अवस्था हो। जगतगुरु शंकराचार्यलाई यस अवस्था बाट गुजरिनु परेको थियो , जब एक विदूषी नारी बाट उहाँ शास्त्रार्थ मा पराजित हुने अवस्था आई पर्यो , किनकी उहाँ लाई स्त्री सम्बन्धी ज्ञान थिएन।उहाँ स्थूल शरीर छोड़ी सूछ्म शरीरले एक भर्खर मरेको राजा को मृत शरीरमा प्रवेश गरि स्त्री ज्ञान प्राप्त -- गर्नु भो र पछि विजय पनि प्राप्त गर्नु भयो। उक्त अबधि भर शंकराचार्यको निश्चल शरीरको सातै चक्रमा उनका शिष्य हरुले सूछ्म शरीरद्वारा प्रवेश गरि उनका शरीर लाई जीवंत राखेका थिए। त हामीले धर्म तत्त्व लाई धारण गर्ने सूछ्म शरीर एवं जीवात्मा बारेमा चर्चा गरौं। वास्तवमा जीवात्माभन्दा पनि जीव मात्र भन्न उपयुक्त हुन्छ । किनकी जीव र आत्मा भिन्न भिन्न तत्व हुन।तिनका संधि हुन सक्दैन।आत्मा पौराणिक शब्द हो , अर्थ हो स्वं -म भन्ने बुझिन्छ। म उसैले मात्र उदघोस गर्न सक्छ ,जसमा नित्य सत्ता छ ।म अथवा आत्मा यानि उर्जा(energy) पर्याय अर्थका शब्द हुन। आत्मा, देव, इश्वर उर्जाका(energy) बिभिन्न रूप हुन। वास्तवमा सूछ्म जीवमा अन्तर्निहित त्यो धर्म तत्त्व के हो? भगवान बुद्धको वचनको तात्त्पर्य के हो? येसै सन्दर्भमा भगवान महावीरको वाणीमा ध्यान देउं - वत्थु सहावो धम्म । अर्थात जीवमा अन्तर्निहित जून स्वभाव हो-त्यही धर्म हो। र स्वभाव अपरिबर्तनीय नित्य तत्त्व हो। मूल तत्त्व यही स्वभाव हो-जसको उपलब्धिको लागी हर प्राणी निरंतर प्रयासरत, कर्मशील क्रियाशील रहन्छ। चारै योग--कर्म ,ध्यान, ज्ञान तथा भक्तिका मूल ध्येय नै -येसै स्वभाव लाई प्राप्त गर्नु हो, स्वभावमा स्थित रहनु हो। यसै अवस्थालाई भनिन्छ -परमानन्द। साधारण अर्थमा पनि मानिसको स्वभाव छुटदैन भनछॊनी । यो अन्तर्निहित प्राकृत गुण हो। स्वभावमा तीन गुण (लालसा) स्थित रहन्छ। (1) सदा बांची रहूँ र सत्तायुक्त रहूँ । (2)सर्व बुद्धिले परिपूर्ण रहूँ र (3) सदा खुस रहूँ।मानवमा मात्र होइन, यी गुण सबै जीवमा बीजरूपेण अन्तर्निहित रहन्छ। किन मानिसमा यो अत्यधिक विकशित हुँदै जाँदै छ, तर अन्य प्राणिमा त्यों बीज प्रश्फुटित पनि हुन सकेन ? यो जरुर जिज्ञासाको विषय हो। यस विषयमा पछि चर्चा गरौंला। जीवनको हर अवस्थामा -जन्म देखि मरण सम्म ,कुन प्राणीले किट पतंग देखि मानवसम्म मर्न र कमजोर हुन चाहन्छ? को मुर्ख हुन चाहन्छ? को दुखि हुन चाहन्छ? कोही चाहन्नन।तसर्थ तात्त्विकत: सबै जीव आस्तिक हुन-यहाँ कोही नास्तिक छैन। उपरोक्त तीन गुण हुन- सबै प्राणीले धारण (inscribed right from the birth) गरेको हुन्छ। यिनै गुण (स्वभाव)लाई वेद ले परमात्माको पर्याय शब्दको रुपमा उदघोषणा गर्द छ -सत् चित आनंद ! यीनै हुन स्वभाव ,यिनै हुन धर्म तत्त्व।यसैको विस्तार र प्राप्ति(achiev ement) हो-अंतर्यात्रीको ध्येय।शील आचरण, यग्य योग, जप तप, तंत्र मंत्र आदि वाह्य वस्तु हो, केवल साधन,माध्यम मात्र हो ध्येय प्राप्तिको लागी,स्वयं साध्य होइन। धर्म संग बांकी लेनदेन केही छैन। अपरिमित ,अप्रेमेय, अपरिचछन्न,अब्यपदेश्य परम ( infinity) लाई प्राप्त गर्न जीवले चौरासी लाखको जन्मको यात्रा युग युग देखि गर्दै छ।एउटा बाबुको छोराले आफ्नो कर्मले बाबु भन्दा बढ़ी कद प्राप्त गर्न सक्छ। तर जीव कदापि सर्वज्ञ हुन सक्दैन।छेत्रज्ञ सम्म उनको परम सीमा हो।जसरी जल बिन्दूको यात्रा सागरसम्म , प्रकाश किरणको आदित्यसम्म मात्र समाबिष्ट हुनु हो ,त्यसरी नै जीवको परमात्मा संगको लीनता नै उनको स्वभाव- विस्तार यात्राको परम अंत हो,परम मुक्ति, परम आनंद हो। भगवानले आफ्ना भक्तलाई पनि मोछ्य स्वरुप-- केवल आफ्नो लोक,आफ्नो सामीप्य , आफ्नो रूप र सायुज्यता मात्र प्रदान गर्नु हुन्छ।आफनो सर्वज्ञता प्रदान गर्नु हुन्न।a journey to infinity, never reached, only to be merged in the periphery of the infinite - Atmattatw om( अत्मत्तत्वोम )। अंतमा भगवान कृष्ण, बुद्ध,महावीर का वचन अनुशार सूछ्म जीव नै हो जसले त्यो बीज तत्त्व धारण गर्द छ। त्यो बीज नै हो धर्म तत्त्व -जो नित्य सत्य छ। यही धर्म तत्त्व नै स्वभाव हो, जसमा तीन गुण -सत् चित्त आनंद समाविष्ट छ(inherited right from the birth) र यी गुणका विस्तार, ब्रह्मत्वको यात्रा परमलीनतामा टुङ्गिनछ।स्वभावको विस्तारनै जीवन यात्रा, जीवन श्रंखला हो। फेरि दोस्रो भेटमा , राठौर यार ! नमो:अरिहंतानाम !
Posted on: Sun, 24 Nov 2013 08:13:10 +0000

Trending Topics



Recently Viewed Topics




© 2015