निराश नवन्नु - TopicsExpress



          

निराश नवन्नु चन्द... चन्दको पेनाल्टि मिसको विषयमा धेरैजनाको भनाईहरू वाहिर आईरहेका छन् । त्यसमध्ये प्राय आक्रोश धेरै छन् । स्वभाविक पनि हो । एकदमै उत्कृष्ठ लयमा देखिएको र यसपटक साफ च्यान्पियनसिप जित्ने आशा देखाएको टोलिलाई सेमिफाईनलमा पराजित गराउन उनले ठुलो भुमिका पक्कै खेलेका हुन् । तर मुख्यकुरा के हो भने पेनाल्टि मिस हुनु सामान्य कुरा हो । गोलकिपर र खेलाडिविचको मनोवैज्ञानिक लँडाई । जसले वाजि मार्छ त्यसले नतिजा आफ्नो पक्षमा पार्छ । गोल गर्नै पर्ने दवावले गर्दा हान्ने वढि दवावमा पर्नु स्वभाविक हो । किनकि गोल भएपनि किपरलाई ठुलो हिनतावोध हुदैन । विश्वका कस्ताकस्ता लेजेन्ड प्लेयर हरूले कस्तो कस्तो अवस्थामा पेनाल्टि मिस गरेका छन् । ईतिहास त्यसको साक्षि छँदैछ । त्यो थाहा हुदाहुदैपनि फुटवल वुझ्ने नेपाली दर्शकहरूले एकोहोरो चन्दमाथि वर्षाएका गालिहरू कम्तिमा अवचाँहि उपयुक्त छैन । किनकि हामी जित्दा मात्र रंगशाला पुग्छौ भन्ने कुरा हिजोको खालि रंगशालाले प्रमाणित गरिसक्यौ (कम्तिमा हामी आयोजक हौ) । र अर्को कुरा विषयको गहनतामा नगई गाली वर्साउने र वर्साईरहने त हाम्रो वानी नै हो । म मेरो व्याक्तिगत तर्कका माध्यमवाट चन्दको वचाउ गर्न अगाडि त्यसैले.सर्दैछु किनकि मलाई भोलिको गेमहरूमा पनि डिफेन्समा चन्द चाहिन्छ । यसर्थ उनको पेनाल्टि मिसको वारेको मैले देखेको यथार्थ चर्चा म निम्न वुँदाहरूमा गर्दैछु । [नोट: म नेपाली फुटवलको ठुलो सपोर्टर हुँ, हार्दा पनि जित्दा पनि । र पेनाल्टि प्रहार विफल भएर आएको नतिजावाट म पनि दुखि छु । ] 1. चन्दको पहिलो पेनाल्टी मिस सामान्य हो । दाँया साईडमा हानेको ग्राँस वल यसअघि पनि धेरैपल्ट गोल हुने गरेको वल हो । उक्त दिन किपरले वाजी मारेको हो । 2. पहिलो प्रहार विफल भएलगत्तै उनलाई दोस्रो पटक चान्स दिनु क्याप्टेन तथा कोचको गल्ति हो ।(पहिलो हान्नेलेनै दोस्रो हान्नुपर्ने नियम हो भने अलग कुरा) । 3. उनले भनेका छन् पहिलो गोल असफल भएपछि त्यति धेरै फ्यानहरूको अपेक्षाको कारण दवावमा परे । (त्यसैको कारण पुन वल सोहि दिशामा प्रहार भयो । ) 4. पेनाल्टि प्रहार मनोवैज्ञानिक पाटो हो । गोल हुनु स्वभाविक हुने भएकाले किपर निक्कै कम दवावमा हुन्छ । रोक्न सके किपर हिरो हुने नसके जिरो नहुने त्यस्तै यता हान्न सके जावो पेनाल्टिमा हानेको हुने नसको जावो पेनाल्टीवाट पनि हान्न नसक्ने । सामान्य रूपमा हेर्दा त्यसदिन चन्दमाथि मनोविज्ञानिक रूपमा किपर हावी भएको हो । अन्तराष्ट्रिय गेमको कम अनुभवले त्यस्तो भएको हो । 5. पेनाल्टी प्रहारले खेलाडिको क्षमता नापिन्न । रोहित डिफेन्डर हुन । उनिभन्दा राम्रो प्रहार गर्ने टिममा नभएको कारण उनलाई वल दिईएको हुनसक्छ । त्यहि एउटा पेनाल्टी मिसको कारण भोलिको दिनमा उनको डिफेन्ड कौशल नाशिनु हुदैन । (आगामि दिनमा हुने म्याचका निम्ति पनि उनलाई सकारात्मक सहयोगको जरूरि हुन्छ । ) 6. एन्फाले आफ्नो भुमिकावारे अव अरू सोच्नुपर्यो । अझै धेरै अन्तराष्ट्रिय मैत्रिपुर्ण गेमहरू खेल्नुपर्यो । कुनै पनि खेलाडिले नौलो अनुभव(जस्तै रोहितको पेनाल्टी मिस) मैत्रिपुर्ण खेलमा पायोभने नतिजा दुखान्त नहुन सक्छ । 7 . पेनाल्टी वाहेकको अन्य पाटोहरूलाई पनि विर्षन हुदैन । पहिलो अनपेक्षित गोल तथा पर्याप्त मुभ वनेतापनि गोल नभएका अन्य अवस्थाहरूवारे पनि समिक्षा हुनुपर्यो । 8. अहिले तात्कालिन समयमा गोल मेसिनहरू क्रिस्टियानो रोनाल्डो तथा लियोनल मेसिले समेत निक्कै जरूरि अवस्थामा पेनाल्टी मिस गरेका छन् । र मिस गर्ने अन्य हस्तिहरूको लिस्ट पनि निक्कै लामो छ । 9. गाली दिन सजिलो छ रोहित चन्द हुन गाह्रो छ । पेनाल्टी मिस पश्चात सवै घटनाहरू उनि एक्लैले वढि र टिमले केहि थेगिरहेका छन् । परिक्षामा फेल भएको वा वाटोमा हिँड्दा हिँड्दै गर्दा लडेको वच्चालाई गाली वर्साएजस्तै हो उनलाई गाली वर्साउनु । म फेरि पनि भन्छु उनिसँग तुलना हुने डिफेन्स अहिले पनि नेपाली टिममा छैन । त्यसैले उनको हौसला वढाउन कम्तिमा गल्ति हुदा सहानुभुति दिनुपर्यो । 10. जितमा खुशि हुन चाहनेले हारलाई पनि स्विकार गर्न जान्नुपर्छ ।हामि हिजो टिमले जित्दा नाँच्यौ, रमायौ अव के हिजो हार्नासाथ हाम्रो हौसला सकियो?? खै त हामिले उनिहरूको सकारात्मक कुरा केलाएर वेल प्लेड गाईज भनेको?? अस्तु । सुरज सुवेदी fb/surazz.subedi
Posted on: Tue, 10 Sep 2013 03:45:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015