पाँच वर्षीया नातिनी - TopicsExpress



          

पाँच वर्षीया नातिनी बलात्कार गर्नेलाई १३ वर्षको कैद सुर्खेत, ६ असार । आफ्नै ५ वर्षीया नातिनीलाईबलात्कार गर्ने सुर्खेत बावियाचौर–५ का पुरे सार्कीलाई जिल्ला अदालत सुर्खेतले १३ वर्ष कैद सजाय र १० हजार क्षतिपूर्ति दिलाउने फैसला सुनाएको छ । जिल्ला अदालत सुर्खेतका न्यायाधीस कुलप्रसाद शर्माको एकल इजलासले बुधबार पीडित नाबालक भएकाले करणीमा १० वर्ष र हाडनाता करणीमा तीन वर्ष गरी १३ वर्ष कैद सजायको फैसला गरेको हो । छोरीलाई बलात्कारगरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी दर्ता गरेकी पीडित बालिकाकी आमाले पछि अदालतमा जाहेरी दरखास्त विपरीत वकपत्र गरी पीडक ससुरालाई अपराधबाट उम्काउन प्रयास गरे पनि अदालतलेयस्तो फैसला गरेको हो । अदालतले उनको वकपत्रलाई बेवास्ता गर्दै पीडित नाबालक भएको र अभियुक्त सार्कीले नातिनीलाई जबर्जस्ती करणी गरेको पुष्टि भएकाले अदालतले क्षतिपूर्तिसहित कैद सजाय सुनाएको स्रेस्तेदार नारायण सापकोटाले जानकारी दिनुभयो ।
Posted on: Thu, 20 Jun 2013 14:01:36 +0000

Trending Topics



Recently Viewed Topics




© 2015