पढे लेखेका छोरा छोरी सबै - TopicsExpress



          

पढे लेखेका छोरा छोरी सबै बिदेश पसे बुढा खाडा बाबु आमा रुँदै गाउँमा बसे न त राम्रो कान सुन्छन् न त आँखा देख्छन् लड्खदाउँदै भित्तो समाई थर् थर् काम्दै टेक्छन् हिजो सन्तान सानो हुँदा गर्नु सुसार गरे तिनकै लागि खट्दा खट्दै आज थला परे तिनको पालो आउँदा आज सबै बिदेश हिने कोई छैनन् कठै बरा तातो पानी दिने धनले किन्न सकिँदैन कतिपय कुरा जिन्दगी यो ज्ञान बिना हुँदै हुन्न पूरा न छ रहर न छ जोश न छ उमेर बैंश के काम तिनलाई सानु तिम्ले पठाएको पैसा एक दिन आखिर रित्तै जाने मानिसको चोला खाई नखाई कमाउने धन कस्का लागि होला बिदेश गई बेचिएर कमाएको धनले कती सुख देला र खै भन्छ मेरो मनले तिम्रा लागि पैसा ठुलो उनका लागि माया सानु भन्दै खोज्दै होलान् आफ्नो दायाँ बायाँ धेरै दिन छैन अब तिनले चोला फेर्न त्यस पछि त पाउने छैनउ तिम्ले मुख हेर्न ............
Posted on: Sun, 06 Oct 2013 03:40:00 +0000

Trending Topics



Recently Viewed Topics




© 2015