पत्रिका लिएर मार्केटमा - TopicsExpress



          

पत्रिका लिएर मार्केटमा जाँदा म ७ दिन जेलमा परेको छु ः ऋषि धमला रपोर्टर्स कलबका अध्यक्ष ऋषि धमला पत्रकारीता क्षेत्रमा २ दशक भन्दा बढि समयदेखि विताइसक्नु भएको छ । विहान ५ बजेदेखि बेलुका ११ बजेसम्म संचारका लागि उनी निरन्तर उही रफ्तारमा खटिरहेका हुन्छन् । उनी भन्छन संविधान सभाको निर्वाचन जसरी पनि सम्पन्न गर्नु पर्छ, दलहरुको वीचमा विवाद छ तरपनि तपाईको यो संविधानसभाको निर्वाचनको विकल्प छैन, त्यसैले म संविधानसभाको निर्वाचनको मिति कसरी तोक्ने? कहिले तोक्ने? भन्ने वारेमा दिनहुँ नेताहरुसँग छलफलमा व्यस्त हुन्छु । नागरिक समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूसँग छलफलमा व्यस्त हुन्छु त्यसैले गर्दाखेरी मेरो प्रत्येक साँझ, प्रत्येक क्षण, प्रत्येक दिन, प्रत्येक घण्टा, प्रतयेक सेकेण्ड समय समाचारकै खोजिमा म भौतारी रहेको हुन्छु भन्नुहुन्छ उनै ऋषि धमलासंग मुकुन्द ढुंगानाले गरेको कुराकानी ः ऋषि जी आजकाल के मा व्यस्त हुनुहुन्छ ? समाचारमै व्यस्त छु । मेरो जीवनमा मैले जसरी पत्रकारिता सुरु गरे म १४ बर्षको बालक एउटा बाल्यकालबाट मैले पत्रकारिता सुरु गरेको हुँ । त्यतिखेरको मलाई याद छ, एयटा परिस्थितीको अथवा घटनाक्रमको । मलाई याद छ त्यतिखेर तत्कालिन प्रधानमन्त्री हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्ण्प्रसाद भट्टराईको पहिलो अन्तर्वार्ता मेरो जीवनको पत्रकारिताको सुरुवातको दिन हो त्यतिखेरको त्यो अन्तरवार्ता लिदाखेरी कृष्ण प्रसाद भट्टराईकहाँ म जाँदाखेरी रेवतिरमण सुवेदी जी हुनुहुन्छ जो अहिले पनि हुनुहुन्छ वहाले मलाई लिएर जानुभयो कृष्ण प्रसाद भट्टराईकहा कृष्णप्रसाद भट्टराईले भन्नुभयो तपाई के अन्तरवार्ता लिन आउनुभएको रु रेवतीलाई लिएर ? हो किसुन जी म तपाइको अन्तरवार्ता लिन आएको हु । उहाले भन्नुभयो तपाईले यहा मलाई अन्तरवार्ता लिन सक्नुहुन्छ ? मैले भने सक्छु किसुन जी । उसोभए मलाई १० वटा प्रश्न लेखेर दिनुहोस् भनेर कृष्ण प्रसाद भट्टराईले भनिसकेपछि मैले प्रश्न लेखेर दिईसकेपछि कृष्ण प्रसाद भट्टराईले मलाई आधा घण्टाको समय दिनुभयो आधा घण्टाको वीचमा मैले उहाको एउटा अन्तरवार्ता लिएर मेरो पत्रकारिता जीवनको सुरुवात गरेको हुँ । त्यसैले गर्दाखेरी म विहान पाँच बजेदेखि बेल्का एघार बाह्र बजेसम्म प्रत्येक पलपलमा म समाचारमा केन्द्रित हुन्छु । जनतालाई सहि सुचना कसरी संप्रेशित गर्ने र जनताको चाहाना जुन छ नी तपाईको अहिलेको स्थितिमा भने सही सुचना जनताले पाउनु पर्दछ सुचनाले जनताको अधिकारबाट कोही पनि वञ्चित हुनु हुदैन भन्ने मेरो मूल मन्त्र रहेको छ मुकुन्द जी त्यसैले गर्दाखेरी आज भोली म देशमा तपाईको ुनावको माहोल छ । संविधान सभाको निर्वाचन जसरी पनि सम्पन्न गर्नु पर्छ, दलहरुको वीचमा विवाद छ तरपनि तपाईको यो संविधानसभाकोनिर्वाचनको विकल्प छैन, त्यसैले म संविधानसभाको निर्वाचनको मिति कसरी तोक्ने? कहिले तोक्ने? भन्ने वारेमा दिनहुँ नेताहरुसँग छलफलमा व्यस्त हुन्छु । नागरिक समाजका विभिन्न तह र तप्काका व्यक्तिहरूसँग छलफलमा व्यस्त हुन्छु त्यसैले गर्दाखेरी मेरो प्रत्येक साँझ, प्रत्येक क्षण, प्रत्येक दिन, प्रत्येक घण्टा, प्रतयेक सेकेण्ड समय समाचारकै खोजिमा म भौतारी रहेको हुन्छु मुकुन्द जी । तपाईले भननुभयो म सानै उमेरदेखि पत्रकारिता क्षेत्रमा लागेको कुन उमेरदेखि पत्रकारिता क्षेत्रमा आवद्घ हुनुभयो ? अब करिव करिब १४ बर्पाको उमेरदेखि म पत्रकारिताको क्षेत्रमा चाही लागेको हुँ र खासगरी भनने हो भने आज तपाईलाई मैले यो खुलासा गर्नैपर्छ किनभने मेरो पत्रकारित ागर्ने रुची पनि थिएन तेतिखेर संयोगवस २०४६ सालको जनआन्दोलनको माहोल थियो मुलुकमा । नेपालमा प्रजातन्त्र चाहिन्छ भनेर दलहरु बैठकमा व्यस्त थिए गोप्य बैठकमा व्यस्त थिए त्यतिखेर मलाई याद छ माघ ५, ६ र ७ गते स्वर्गीय गणेशमानको घरमा तपाईको एउटा राष्ट्रिय सम्मेलन भएको थियो । त्यो भारतिय नेताहरु त्यहाँ आएका थिए । भारतिय पूर्व प्रधानमन्त्री अहिले हामीहरुको वीचमा हुनुहुन्न, संसारमै हुनुहुन्न चन्द्र शेखरको उपस्थितिमा त्यहा एउटा विशेष बैठक भएको थियो । बाम मोर्चा र नेपाली कंग्रेसको वीचमा त्यसको पहिलो रिपोर्टिङ मैले तपाईको त्यहाँबाट सुरु गरेको हुँ । मलाई अझै याद छ तपाईको त्योरिपोर्टिङ गर्न म लुकेर गल्लिबाट गणेशमान सिंहको घरमा पुगेको थिए र त्यो रिपोर्टिङ गरेर मैले समाचार संप्रेशण गरेको दिन मलाई याद छ मैलेजहिलेपनि भनने गरेको छु संयोगवस गणेशमा सिंहको घरमा पुगे र मलाई त्यतिखेर प्रजातन्त्रको साच्चिकै एउटा माहोल सिर्जना भईरहेको थियो नेपालमा प्रजातनत्र चाहिन्छ, प्रेश स्वतन्त्रता चाहिन्छ भन्नको लागि नेपालमा लोकतन्त्र अहिले संस्थागत विकास गर्नको लागि पनि स्वतन्त्र प्रेश चाहिन्छ । त्यतिखेर हामीलाई के आत्मसात भयो भने युवाहरुलाई खासगरी हामी बाल पत्रकारहरुको कुरा गरौ न तपाईको म १४ बर्षको उमेरमा म पत्रकारीतामा लागेको हुँ त्यतिखेर पनि तपाईको मन र मस्तिष्कमा नेपालको चतना हामलाई थियो र पत्रकारिता गर्नुपर्छ भन्ने फिलिङ थियो । मुकुन्द जी त्यसैले गर्दाखेरी आज तपाईको लोकपृय कार्यक्रममा व्यक्तित्व खासगरी व्यक्ति र व्यक्तित्वको रुपमा उपस्थित भएको छु तर पनि म रेडियो राजभानी जस्तो लोकपृय संस्था मैले यही बाट तपाईको ताजा बहस भन्ने कार्यक्रम सुने अत्यन्त लोकपृय भयो यो रेडियोमा हाम्रो भिष्म भाई अहिले प्रँविधिक मित्र हुनुहुन्छ म विहान यहा आखा मिच्दै आउछु उहा आईपुग्नुहुन्थ्यो सबैलाई थाहा छ हामी एकदम ठूलठूलोनेतासँग टेलिफोन गथ्र्यौ, संपर्क गथ्यौ, प्रत्यक्ष प्रशारण गथ्र्यौ रेडियो राजधानी मार्फत त्यसैले गर्दा आज मैले तपाईको यो कार्यक्रममा आएर आफ्नो कुरा राख्ने जुन मौका तपाइले दिनुभयो रेडियो राजधानी परिवार मुकुन्द जी तपाईलाई धेरै धेरै धन्यबाद दिन चाहान्छु त्यस्तै मेरो उमेरको कुरा गर्दाखेरी मेरो चौध बर्षको उमेर देखि नै पत्रकारिता सुरु गरेको हुँ । ऋृषि जी चौध बर्षदेखि पत्रकारिता क्षेत्रमा लागेर आजको अवस्थासम्म आइपुग्दा पत्रकारीता क्षेत्रमा फरक के देख्नुभयो ? धेरै फरक भयो मुकुन्द जी २०४६ सालको जनआन्दालन पछि नेपालमा पनि पत्रकारिता क्षेत्र व्यवसायिक तिर लाग्यो नेपालको पत्रकारिता क्षेत्रको तपाईको दायरा फराकिलो भयो । नेपाली पत्रकारिता क्षेत्रले फड्को मार्यो । नेपाली पत्रकारिता क्षेत्रले तपाईको जनताको आवाज बुलन्द गर्न सक्यो । नेपाली पत्रकारिता क्षेत्र निर्भिक भयो, स्वतन्त्र भयो, व्यवसायिक भयो र जनताले सुचना पाउन सक्ने स्थितिमा नेपाली पत्रकारिता क्षेत्र पुग्यो । आज यसको दायरा कहा पुग्या छ, तपाईलाई थाहा छ? सुरुमा हामीले एउटा पत्रकारिताको कुरा गर्दा छापा को मात्तयमबाट हामीले काम गथ्यौ त्यतिखेर कस्तो प्रविधि हामीले अपनाउथ्यौ ? आज कहाँ पुगिसकेको छ? टेलिभिजन रेडियो एफ.एम., अनलाईन, ट्वीटर, फेसबुक कहा पुगिसक्यो नेपाली पत्रकारिता तपाईलाई हिस्ट्री इतिहास हेर्नुस् न आज युवापुस्ताहरु प्रत्येक दिन प्रत्येक क्षण अहिले तपाईले अन्तरवार्तालिईहनु भएको छ त्यो अन्तरवार्ता अनलाईनमा सुनिरहनुभएको छ नी । मलाई थाहा छ हामी कहा पुगिसक्यौ ? विश्वको हरेक कुना काप्चामा जहा नेपाी छन् अहिले तपाईको रेडियो राजधानी सुनिरहेको छन् किन आज विज्ञान प्रविधि र सुचनाले फड्को मारेको छ । तपाइ क्रान्ति गरेको छ पत्रकारिता क्षेत्र २०४६ सालको जनआन्दोलन पछि आजको दिनमा आईपुग्दा खेरि एउटा ऐतिहासिक फड्को मारेको छ । ऐतिहासिक क्षणमा पुगेको छ । तर यसलाई व्यवसायिकरण गर्नकेलागि हामीमा ठूलो चुनौति छ । हामीमा धेरै त्रयात्रामा अफ्ठ्याराहरु छन् श्रमजीवि पत्रकार ऐन कार्यान्वयन भएको छैन, श्रमजीवि पत्रकारको पिडा छ, दुःख छ, कष्ट छ, विहान देखि बेलुकासम्म काम गर्ने पत्रकारहरुले अझैपनि राम्रोसँग पारिश्रमिक पाएक छैनन् । त्यो गुनासो छ तर पनि यो क्षेत्र एउटा व्यवसायिक भयो, यसमा एउटा लाग्ने युवा पुस्ताको चाहाना उत्साह, उमङ्ग र साच्चिकै भन्ने हो भने एउटा क्रेज छ युवा पुस्तामा अब के गर्ने पत्रकारिता गर्नु पर्छ पत्रकारिता गर्दाखेरि एउटा जुन किसिमको नाम तपाईको जुन एउटा प्रतिष्ठा, ख्याती, लोकपृयता प्राप्त गर्न सक्छन् त्यो व्यक्ति साच्चिकै पत्रकारिता क्षेत्रमा लाग्नको लागि लालायित हुन्छ । मुकुन्द जी त्यसैले त नेपाली पत्रकारिताको लागि लाग्नेहरुको तपाईहरु स्कुल जानु भो, कलेज जानु भो विभिन्न तह तप्कामा क्षेत्रमा जानु भो भने के बन्ने बस्तो पत्रकार बन्ने भनने उटा बहस सुरु हुन्छ कुनाकाप्चा गल्ली तपाईको भनने हो भने किनभने सहर बजार जताततै जहातही पनि अहिले पत्रकारिता क्षेत्रको चर्चा हुन्छ । नेपालको पत्रकारिता क्षेत्रको इतिहास हेर्नुस् न २०४६ सालको जनआन्दोलनमा पत्रकारिता क्षेत्रको ठूलो योगदान थियो तर ६२÷६३ को जनआन्दोलन लोकतान्त्रिक जनआन्दोलनमा ठूलो भूमिका पत्रकारिता क्षेत्रको भयो यदी पत्रकारिता क्षेत्र त्यतिखेर सडकमा नआएको भए मलाई याद छ संझना छ तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ सालमा माघ १९ गते जसरी नेपालमा कु भयो त्यतिखेर नेपालका संचारकर्मीले पहिलोपटक सडकमा आए र रिपोर्टर्स क्लब नेपालले तपाईलाई थाहा छ माघ २१ गते मलाई थाहा छ अझैपनि मेरो मन र मष्तिष्कमा रहिरहन्छ त्यो दिन त्यो क्षण करफ्यू लाउने जताततै तर्पाको संकट थियो आवाज जनताको आवाज राम्रोसँग जादैनथ्योजनताको आवाज बोलिदिने कोही थिएन सबै संचार क्षेत्र सेन्सरसिपमा पुगेको थियो त्यतिखेर मैले रिपोर्टर्स क्लब नेपालमा तत्कालीन मन्त्री शिक्षामन्त्री हुनुहुन्थ्योराधाकृष्ण मैनालीलाई लिएर गएर जेठ २२ गते त्यतिखेर नेपालमा टेलिफोन थिएन तपाईको मैले घरघरमा गएर पत्रकारलाई बोलाएर साक्षात्कार गरेको दिन मलाई अझैपनि याद छ । त्यसैले नेपालको पत्रकारिता क्ष्ँेत्रको कुरा गर्दाखेरी तपाईको सबैभन्दा ठूलो प्रगती नेपालको लोकतान्त्रिक आनदोलनमा सबैभन्दा महत्वपूर्ण भूमिका पत्रकारहरुले खेलेका छन् । २०६३÷६३ को जनआन्दोलनलाई आत्मसात गर्ने हो भने हाम्रा शिर्ष नेताहरुलाई रेडियो राजधानी सुनिरहनु भएको छ भने वहाहअरुले पनि नेपालको पत्रकारहरुको साच्चिकै जुन किसिमको ऐतिहासिक भूमिकालाई अवमूल्यन नगर्नुहोस साच्चिकै नेपालको पत्रकारिता क्षेत्रको विकास र विस्तारको लागि र सुरक्षाको लागि साच्चिकै यो क्षेत्रमा काम गर्ने सबै संचारकर्मीहरुको आत्म निर्भरताकोलागिसबै लाग्नु पर्छ नी । भनिन्छ नी नेपालमा स्वतन्त्र पत्रकारिता गर्नेहरु भोकै पेट लिएर कुद्नु पर्ने अवस्था छ,र केहि पत्रकारहरु सम्पन्न देखिन्छ र त्यस्तो सम्पन्न देखिने पत्रकार र स्वचन्त्र पत्रकारीता गर्ने पत्रकार बिच के भन्नुहुन्छ ? हेर्नुहास पत्रकार भए सबै पत्रकार हो, आज मुकुन्द जी तपाई पनि पत्रकार हो, भिष्म जी जो प्राविधिक मित्र वहा पनि पत्रका हो र यहा ऋषि धमलाले अन्तरवार्ता दिईरहेको छ म पनि पत्रकार हो पत्रकारमा तपाईको छ नी कोही ठूलो कोही सानौ हुदैन पत्रकार भनेको सबै आआफ्नो भुमिका हुन्छ यसको तपाईको साच्चिकै भनु योगदान हुन्छ त्यस कारण त्यसलाई अवलम्बन गर्ने पर्दछ, त्यसलाई आत्मसात गर्नु पर्छ कि पर्दैन तपाईलाई थाहा छ हरेक क्षेत्रमा काम गर्नेहरुको आफ्नै पहिचान हुन्छ महिमा हुन्छ प्रतिष्ठा हुन्छ लोकपृयता हुन्छ त्यसलाई हेर्नुस मान्छे ठूलो छ नी तपाईलाई थाहा छ लक्ष्मी प्रसाद देवकोटा हामीवीच हुनुहुन्न मलाई लाग्छ महात्मा गान्धीको एउटा कोटेशन मैले पढेको छु मलाई अझैपनि याद आउछ बेलाबेलामा म संझने गर्छु स्मरण गर्ने गर्छु मुकुन्द जी मानव जातिमा छ नि मानव भएर जन्मिएपछि स्वतन्त्रताका लागि गर्नु पर्दछ । त्यसैगरी अगि तपाईले जुन कुरा औल्याउनु भएके थियो पत्रकारहरुको दुर्दशा, पिडा, गरिब र धनी, सम्पन्नता र विपन्नता कस्ता कस्ता छने त नेपाली पत्रकारिता क्षेत्र अथवा काम गर्ने पत्रकारको स्थिति भताभुङ्ग छ लथालिङ्ग छ उसले साच्चिकै घरमा गएर बेलुका के खाने के लाउने अनि श्रीमतीलाई के दिने छोरा कसरी पढाउने भन्ने उ टेण्सनमा हुन्छ चिन्तामा हुन्छ तरपनि कोही पत्रकारहरु महलमा बस्छन् गाडि चढ्छन् त्यसको पनि तपाईले जुन किसिमको समाजमा तलमाथि उतार चढाव हुन्छ नी त्यसको बारेमा म सँग जुन किसिमको प्रश्न सोधिरहनु भएको छ नेपाली पत्रकारिता पनि अब व्यवसायिक हुदैछ जसले अव व्यवसायिक पत्रकारिता गर्छ त्यसलाई कहिल्यैपनि तपाईको अफ्ठ्यारो पर्दैन, चुनौति केही पनि आउदैन उ समपन्न हुन्छ । पत्रकारको न्यूनतम पारिश्रमिक लागु हुनुपर्छ भन्ने पक्ष कि विपक्षमा तपाई ? म हुनुपर्दछ भन्ने पक्षमा हो तपाईको सबै पत्रकारहरुलाई समान दृष्ट्रिकोण राखेर म कुरा गर्छु म सबैलाई सम्मान गर्न चाहान्छु त्यसैले न्यूनतम पारिश्रमिक लागु हुनु पर्दछ र श्रमजीवि पत्रकार ऐन लागु हुनु पर्दछ र सबै संचारकर्मीहरुले अहिलेको स्थितिमा समान अधिकार तपाईको जुन आफ्नो अधिकारको लागि लडेका छन् त्यसको लागि त्यो पाउनै पर्दछ त्यसकोलागि जुन सुकै मिडियामा काम गर्ने होस् या जहासुकै पत्रकारिता क्षेत्रमा काम गर्ने मान्छे होस उनीहरुलाई साच्चिकै राज्यले न्यूनतम पारिश्रमिक दिनु पर्दछ त्यो वातावरण बनाईदिनु पर्दछ र म तत्काल आग्रह गर्न चाहान्छु तपाईको यो लोकपृय कार्यक्रम मार्फत र रेडियो राजधानी मार्फत म भनन चाहान्छु कि अबको स्थितिमा सबैले आमी आत्मसात गर्ने बेला भएको छ यो एउटा श्रमजीवि पत्रकारको तपाईको भविष्यकोलागि अथवा उनीको अहिलेको आत्म निर्भरताको लागि, उसको सम्पन्नताकोलागि सबै पत्रकारहरु एकजुट भएर एकताबद्घ भएर श्रमजिवी पत्रकार ऐन कार्यान्वयन नगर्नुको विकल्प छैन । त्यसैले श्रमजीवी पत्रकार ऐन कार्यान्वयन हुनु पर्छ नगर्नेलाई सरकारले, राजनीतिक दल सबै मिलेर त्यसको लागि कार्वाही गर्नु पर्दछ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयन भएन भने तपाई हामी सबै श्रमजिवी पत्रकारहरु, विहानदेखि बेलुकासम्म काम गर्ने श्रमजिवी पत्रकारको निम्ती हामी एक भएर जानुको विकल्प छैन । रिपोर्टर्स कलब स्थापना पछि तपाई अध्यक्ष हुनुहुन्छ, केही पत्रकारलाई पदाधिकारीमा राखिदिनु भएको छ र संस्थागत र आर्थिक सबै काम आफै हेर्नुहुन्छ, किन उनिहरुलाई पनी पालो दिनुहून्न अध्यक्ष हुन ? मुकुन्द जी रिपोर्टर्स क्लब भनेको एउटा सामाजिक संिस्था हो, यो सामाजिक एजेण्डा लिएर देश र जनतामा समर्पित संस्था हो । आजको दिनमा रिपोर्टस क्लब नेपालको स्थििति हेर्दाखेरी तपाईको यसलाई जसरी मुल्याङ्कन गर्नुहुन्छ वा हेर्न चाहानुहुन्छ भने हयो संस्था एकदम पारदर्शी छ रिपोर्टस क्लव नेपाल भनेको २०५४ साल चैत्र १७ गते स्थापना भएको हो यसको स्थापना नेपाली काङ्ग्रेसका संस्थापक नेता कृष्ण प्रसाद भट्टराईको पहिलो साक्षात्कारबाट रिपोर्टस क्लबको अभियान सुरु भएको हो । १५ बर्षमा आजसम्म १५ बर्षसम्मन अविरल रुपमा रिपोर्टर्स क्लब नेपालले जनतामा देशमा अथवा जनताका एजेण्डामा आफूलाई समर्पित गर्ने गर्यो लोकतन्त्रको पक्षमा, जनताको जनअधिकारको पक्षमा, राज्यको पक्षमा, प्रेश स्वतन्त्रताको पक्षमा पत्रकारहरुको हकहीत संरक्षण गर्नका लागि यसले महत्वपूर्ण एजेण्डाहरु अगाडि सारेको छ । आजको दिनमा रिपोर्टस क्लव नेपालको समिक्ष गरौ न रिपोर्टर्स क्लव नेपालले यहा आज देशमा नहुने हो रिपोर्टर्स क्लव देशमा नहुने हो भने आज जनताले सही रुपमा प्रश्न गर्न पाउथे? नेपाली जनताको एजेण्डा विभिन्न तह र तप्काका नेताहरुलाई एकै ठाउमा राखेर जनताको मन जित्न सक्थ्योरु हामी जहिले पनि देश र जनताको हितको लागि काम गरेका छौं । त्यसकारण रिपोर्टर्स क्लव नेपाल पारदर्शी छ यसमा सबै साथिहरुले आआफ्नो क्षेत्रमा भूमिका निर्वाह गरिरहनु भएको छ । त्यसैले गर्दा रिपोर्टर्स क्लव नेपाल सामुहिक नेतृत्वले चलेको एउटा संस्था हो यसमा गपाईको देशभरी यसको संजाल छ, संयन्त्र छ, देशभित्र यसका चौहत्तरवटा जिल्लामा आफ्नो संगठन विस्तार गर्न लागिरहेका छौं । अनि आजको दिनमा रिपोर्टर्स क्लव नेपाल एउटा मिडियाको समाचारको खानी भएको छ । जस्तो सुकै परिस्थितिमा पनि जनतालाई सुचना दिनको लागि समाचार संप्रेषण गरिरहेको छ रिपोर्टर्स क्लव नेपालले कफ्र्यु लागेको दिनमा साक्षात्कार गरेको इतिहास साक्षी छ । नेपालमा रिपोर्टर्स क्लव नेपालले पत्रकारहरुलाई अभिनन्दन गरेको पुरष्कृत गरेको र पत्रकारहरुको व्यक्तित्व विकास गर्नका लागि जहिले पनि लडिरहेको एउटा संस्था हो । तपाईलाई थाहा छ नेपालमा पहिलो पटक दाविका साथ भन्छु यदि कुनै संस्थाले पत्रकारका लागि अभिनन्दन र पुरष्कृत गरको छ भने रिपोर्टर्स क्लव नेपालले गरेको छ । आजको दिनमा नेपालमा पत्रकारहरुलाई अभिनन्दन गर्ने, पुरष्कृत गर्ने चलनै थिएन २०५४ सालबाट मैले सुरु गरेको रिपोर्टस क्लव नेपाल स्थापना भएको दिनदेखि नै पत्रकारलाई पुरष्कृत गर्नु पर्दछ उनीहरुले समाजको लागि , देशको लागि, जनताको लागि काम गरेका छन् भनेर तपाईको हामीले तारणी प्रसाद कोइरालाको स्मृती पत्रकारिता पुरष्कार सुरु गरेर गिरीजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारसम्म आईपुग्दा खेरी इतिहासमा रिपोर्टर्स क्लवले कतिलाई पुरष्कृत गर्यो कति पत्रकारलाई अभिनन्दन गरेको छ त्यसैलेरिपोर्टर्सक्लव नेपालमा आजको परिस्थितिमा हामी दावीका साथ भन्छौं सबैभन्दा आर्थिक स्थितिमा कमजोर हामी नै हामीसँग एक रुपैया पनि छैन एक पैसा पनि छैन तर हामीसँग आब्त्म विश्वास छ हामीलाई चौतर्फी सहयोग गर्ने जनशक्ति छ हामीलाई माया गर्ने तपाइहरु जस्ता प्रिय साथिहरु हुनुहुन्छ । केनैपनि विदेशी सहयोग वीना संचालित एकमात्र संस्था हो रिपोर्टर्स क्लव नेपाल । जनतालाई सुचना र संचार सेवा र सुविधा दिन रिपोर्टर्स क्लव नेपाल लागिरहेको छ । दिनमा ४ वटा ५ वटा कार्यक्रम हामी विदेशी सहयोगवीना संचालन गर्छौ अरु कुन कुन संस्था छन् जसले रिपोर्टर्स क्लव नेपाल जति कार्यक्रम गरेका छन? सकारात्मक सोच राखेर र मुल्याङ्कन गरेर मात्र समाज बदल्न सकिन्छ गालि गरेर मात्र समाज बदलिदैन, देश अगाडि बढ्न सक्दैन, राम्रो काम गर्नेलाई हामीले आत्मसात गर्नुपर्दछ, पुरस्कृत र सहयोग गर्नु पर्दछ । रपोर्टर्स क्लवको स्थापनादेखि तपाईले पत्रकारिता पुरस्कार भन्नुभयो जुन पत्रकारको पुरस्कार दिईन्छ रिपोर्टर्स क्लवबाट तर त्यो पुरस्कार रिपोर्टर्स क्लवको नभएर ऋषि धमलाको भन्ने बझिन्छ नि? त्यो गलत हो । रिपोर्टर्स क्लव नेपाल संस्थागत रुपमा चलेको संस्था हो । यसको समावेशी संयन्त्र छ । केन्द्रीय कार्यालय संचालन गर्ने केन्द्रीय समिति छ । सचिवालय छ । त्यसको संयन्त्रले कर्मचारिहरुले कार्यालयमा कार्यालयमा काम गर्छन् । त्यसले गर्दा रिपोर्टर्स क्लव नेपाल एउटा ऋषि धमला हैन, ऋषि धमलाको रिपोर्टर्स क्लवसँग एउटा अन्यान्याश्रीत सम्बन्ध छ । रिपोर्टर्स क्लवविनाको ऋषि धमला वा ऋषि धमलाबिनाको रिपोर्टर्स क्लवको बारेमा बहस हुन्छ । नेपाली राजनीतिमा वा एकिकृत माओवादीमा प्रचण्डबिनाको कुरा गर्न सक्नुहुन्छ? काम गर्ने मान्छेको सँधै चर्चा हुसन्छ । विवाह भएकै समयमा पनि मैले आफ्नो कामलाई निरन्तरता दिएको छु । आलोचना गर्न सजिलो हुन्छ तर त्यही काम गर्न गाह्रो हुन्छ । तसर्थ हामीले सकारात्मक सोचको परिपाटीलाई अंगाल्नु पर्दछ । काम गर्नेको प्रसंसा गर्नु पर्दछ । ठूलो मान्छे भईसके भन्नुहुन्छ तर क्यामरा क्रेजी हुनुहुन्छ, नेताहरुको बिचमा परिहाल्ने र क्यामरामा अनुहार फर्काएर पोज दिने तपाईको शैलिमा कति सर्बसाधारण दिक्क मान्छन्, टेलिसिरियलमा तपाईको मजाक पनि बन्छ, यसले गर्दा तपाईलाई अलि अफ्ठ्यारो महशुस भएको छैन ? ऋषि धमलालाई तपाईले चिन्नुभएको रहेनछ । ऋषि धमलालाई क्यामेरामा कैद गर्न क्यामेरा मेनहरु तातायित हुन्छन । ऋषि धमला नेताहरुलाई अगाडि राखेर सिधा प्रश्न राख्ने व्यक्ति हो । ऋषि धमला भएन भने समाचारमा नेताहरु खै ऋषि धमला भन्ने गर्छन् । के ऋषि धमलालाई क्यामेरा अगाडि उभिनु पर्छ ? ऋषि धमला खुल्ला हृदयको मान्े हो, खरो मान्छे हो । नेताहरुले प्रतिकृया नदिदा अनुरोध र सम्मान गरेर प्रतिकृया दिन लाउछ । उनीहरुको विचार र दृष्ट्रिकोणलाई मेन न्यूज वनाइदिन्छ । कही मुख्य नेता बोलेन भने त्यहा ऋषि धमला आउनुभएनछ भनेर बुझ्छन् । ऋषि जि तपाई राजनीतिमा धेरै अगाडि हुनुहुन्छ र बुझ्नु भएको छ । तर तपाईलाई राजनीति गर्ने सोच बनाएर अघि बढ्छु भनी राजनीतिमा आउने कुनै सोच भएन ? मलाई हेर्नुहोस् मेरो जीवनको सुरुवात नै राजनीतिबाट भएको छ । २०४६ सालको जन आन्दोलदनमा १८० वटा मा.वि.को संयोजक थिए । म ७ दिन जेलमा परेको छु । पत्रिका लिएर मार्केटमा जाँदा पुलिसले राखेको छ । म पत्रकारिता गरुन्जेल कुनै पनि राजनीतिक दलको सदस्यता लिएर आफ्नो व्यवसायिकता माथि आघात गर्न चाहान्छ । अन्त्यमा के भन्न चाहानुहुन्छ ? रेडियो राजधानी अत्यन्त स्थापित रेडियो हो । स्वस्थ्य मनोरञ्जनका लागि एउटा साझा रेडियो हो । रेडियो राजधानीले मैले बाणि बहस, ताजा वहसको सुरुवात यहीबाट गरेको हुँ । यहाँबाट सबै मिलेर अगाडि बढ्न आग्रह गर्दछु । संविधानसभामा सबै पार्टी जानु पर्दछ । सबैले भाग लिने वातावरण बनाउनु पर्दछ । सबैले व्यक्तिगत स्वार्थ त्यागेर नेपाललाई सम्पन्न बनाउनु पर्दछ ।
Posted on: Fri, 28 Jun 2013 03:24:23 +0000

Trending Topics



Recently Viewed Topics




© 2015