परपुरुषसँग - TopicsExpress



          

परपुरुषसँग सम्बन्ध राखेको आरोपमा महिलालाइ गाउँ निकाला खोटाङ, कार्तिक ८ गते । परपुरुषसँग यौन सम्वन्ध राखेको आरोपमा खोटाङमा एक महिलालाई आफन्तले गाउँ निकाला गरेका छन् । धादिङका एक पुरुषसँग यौन सम्बन्ध राखेको आरोपमा तन्छाकी २५ वर्षीया महिलालाइ नाताले काका र तथा दाजु पर्नेहरुले गाउँनिकाला गरेका हुन् । दुई हप्ताअघि माइती गाउँबाट निकालामा परेकी उनी अहिले निर्मलीडाँडा–२ मा आफन्तको घरमा बस्छिन् । काका पर्ने जंग बहादुर बुढाथोकी, टीका बहादुर बुढाथोकी, ज्ञान बहादुर बुढाथोकी र दाजु पर्ने रत्न बुढाथोकीले दवाब दिए पछि असोज २३ गते देखि गाउँ छाडेको पीडित महिलाले बताइन् । ‘गाउँ नछाडे जे पनि गर्न सक्छौँ भन्दै धम्की दिए’ उनले भनिन्त्य ही भएर गाउँ छाड्न बाध्य भएँ ।’ अनैतिक यौन सम्बन्ध राखेको आरोप लागेसँगै उनलाई आफ्नो घर रतन्छाबाट माइतीघर बाँझेच्यानडाँडा पठाइएको थियो । स्थानीयबासीका अनुसार माइतीघर बाँझेच्यानडाँडामा बसेको ७ महिनापछि उनलाई आफन्तले गाउँ छाड्न दबाब दिएका हुन् । गाउँ निकालामा परे पछि अलपत्र ती महिलाले आफूलाई माइतीमा बस्ने वातावरण बनाई दिन राजनीतिक दल तथा मानव अधिकारबादी संघ संस्थासँग आग्रह गरेकी छन् । उनका बाबुआमाले पनि छोरीलाई माइतीघरमा बस्न दिन माग गरेका छन् । महिलाका श्रीमान रोजगारीका सिलसिलामा बिदेशमा छन् । सडक निर्माणका कामका लागि आएका धादिङका एक पुरुषसँग उनले अनैतिक सम्वन्ध राखेको काका तथा दाजुहरुको दाबी छ । यसबारेमा आधिकारिक जानकारी नआएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक दुर्गा रेग्मीले बताउनु भयो । ‘समस्याका बारेमा बुझ्न हाम्रो जवानलाई भन्यौं,’ प्रहरी निरिक्षक रेग्मीले भन्नु भयो ‘तर महिलाले खुलेर बताएकी छैनन्, अन्यायमा परेको भए सहयोग गर्छौं ।
Posted on: Fri, 25 Oct 2013 17:58:16 +0000

Trending Topics



Recently Viewed Topics




© 2015