प्रहरीद्वारा - TopicsExpress



          

प्रहरीद्वारा गेस्टहाउसमा छापा काठमाडौ, भाद्र ३ - राजधानीका विभिन्न गेस्टहाउसमा छापा मारेर प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी आयुक्तको कार्यालयको विशेष सुरक्षा योजनाअन्तर्गत चेकिङका क्रममा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले ३ जना गेस्टहाउस सञ्चालकलाईसमेत पक्राउ गरेको जनाएको छ । प्रहरीका अनुसार काभ्रे गेस्टहाउस, म्याग्दी गेस्टहाउस, सेहजन गेस्टहाउस र हिमचुली गेस्टहाउसमा छापा मारेको थियो । यस्तै बालाजु वृत्तले त्यस क्षेत्रका काबेली गेस्टहाउस, गंगाहल, लालीगुराँस गेस्टहाउस, मच्छेगाउँ र ६९ वटा डान्सबारमा छापा मारेको छ । नयाँ बसपार्कले यती गेस्टहाउस, भूमिका गेस्टहाउस र शुभसाइत गेस्टहाउसमा छापा मारेको छ ।
Posted on: Sun, 18 Aug 2013 21:23:31 +0000

Trending Topics



Recently Viewed Topics




© 2015