प्रेमीसँग भागेकी - TopicsExpress



          

प्रेमीसँग भागेकी किशोरीको आफ्नै बाबुद्धारा बलात्कार र हत्या २० कार्तिक, एजेन्सी । प्रेमीसँग भागेकी एक १७ वर्षीय किशोरीको आफ्नै बाबु र उनका साथीले बलात्कार गरी हत्या गरेका छन् । उत्तर प्रदेशमा परिवारसँग बस्दै आएकी १७ वर्षीय किशोरी १९ वर्षीय एक किशोरसँग भागेकी थिइन् । उनीहरू भागेर मुम्बई पुगेका थिए । किशोरी आफ्नो प्रेमीसँग करिब ४ महिना अघि भागेर मुम्बईमा बस्दै आएकी थिइन् । किशोरीका बाबुले उनलाई खोज्ने क्रममा उनको कोठामा पुगेपछी किशोरीलाई घरबार निकालेर बाबुको साथीको घरमा लगेका थिए । किशोरीका बाबुले उनलाई घर फर्कन आग्रह गरेपनि किशोरीले नमानेपछी बाबु र उनका साथी ममिलेर उनलाई अक्टुबर ३१ मा काशिमिराको एक जंगलमा पुर्याएका थिए । जंगलमा पुर्याएर किशोरीका बाबुले बलात्कार गरी आफ्नो साथीलाई समेत बलात्कार गर्न लगाएका थिए । यसपछी, किशोरीले बलात्कारको घटना बाहिर ल्याउने डरले किशोरीको सलले घाँटीमा बेरेर हत्या गरी जंगलको झाडीमा फालेर घर फर्केका थिए । एक होटेलमा रक्सी खाने क्रममा किशोरीका बाबुले त्यहाँ काम गर्ने एक जनालाई आफूले छोरीको बलात्कार र हत्या गरेको खुलाएपछी ती कामदारले होटेल मालिकलाई बताए रहोटेल मालिकले प्रहरीले खबर गरिदिएपछी प्रहारीले पक्राउ गरेको थियो । प्रहरीले उनलाई पक्राउ गरेपछी उनका बाबुलाई लिएर किशोरीको लास भएको ठाऊँसम्म पुगेका थिए । लासलाई पोष्टमार्टमका लागि पठाएर बाबुको सूचनाका आधारमा उनका साथीलाई समेत पक्राउ गरी हिरासतमा राखेका छन् । किशोरीका बाबु लेबरको काम गर्थे भने किशोरीका प्रेमी पनि मुम्बईमा लेबरको काम गर्दै आएका थिए ।
Posted on: Wed, 06 Nov 2013 05:29:26 +0000

Trending Topics



Recently Viewed Topics




© 2015