बागलुङ बजारको - TopicsExpress



          

बागलुङ बजारको शिवधाराचोकमा गएराति पाइप बम फेला परेको छ । नेकपा– माओवादीलगायतको ३३ दलीय मोर्चाले आह्वान गरेको आमहडतालको पहिलो दिन सोमबार राति ११ बजे उक्त बम फेला परेको हो । शिवधाराचोकस्थित नेपाली काँग्रेसको पार्टी कार्यालय नजिकै प्लास्टिकले बेरिएको अवस्थामा शङ्कास्पद वस्तु देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै पुगेको प्रहरी टोली र नेपाली सेनाको सूर्यदल गणबाट खटिएको बम डिस्पोजल टोलीले बम निष्क्रिय पारेको प्रहरी नायब उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले बताउनुभयो । जिआई पाइपमा बारुद भरेर बिष्फोटका लागि राखिएको सो बम कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको गुरुङले जानकारी दिनुभयो । मध्यरातमा बम भेटिएपछि त्यस Ôेत्रका बासिन्दा त्रसित भएका छन् । बम निष्क्रिय पार्ने क्रममा ठूलो आवाज निस्किएकाले उक्त बम शक्तिशाली हुन सक्ने सुरक्षा निकायको अनुमान छ ।
Posted on: Tue, 12 Nov 2013 15:43:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015