बहुविवाह गर्ने - TopicsExpress



          

बहुविवाह गर्ने पक्राउ हेटौंडा, मंसिर १९ - बहुविवाह आरोपमा दुर्गम गाउँका नवदम्पतीलाई प्रहरीले पक्राउ गरेको छ । मकवानपुरको गोगने ९ का ३७ वर्षीय बच्चुराम अधिकारी र २१ वर्षीय शर्मिला रुम्बालाई इलाका प्रहरी पालुङले सोमबार पक्राउ गरेको हो । घरमा ४ छोराछोरी र पत्नी भएका अधिकारीले असोजमा नुवाकोट घर भएकी रुम्बासँग विवाह गरेका थिए । अधिकारीकी जेठी पत्नी निराको उजुरीका आधारमा नवदम्पतीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले बताए । नवदम्पतीलाई बहुविवाह ऐनअनुसार अदालतमा मुद्दा दायर गरेको प्रहरीले जनायो । बहुविवाह गर्नेलाई १ वर्षदेखि ३ वर्ष कैद वा ५ वर्षदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने कानुनी व्यवस्थ्ाा छ ।
Posted on: Wed, 04 Dec 2013 17:14:21 +0000

Trending Topics



Recently Viewed Topics




© 2015