म आफ्नै देशमा नुन बनाउछु - TopicsExpress



          

म आफ्नै देशमा नुन बनाउछु अब, बगाएर पशिना सुन बनाउछु अब !! चन्दन तुलशी र निमको खेती गर्छु, विश्वकै नामी साबुन बनाउछु अब ! पालेर रेश्मी किरा गाउँका पखेरामा, नेपाल को चिनो उन बनाउछु अब !! बेरोजगार युवा रोजगार हुन्छन, बिर्सनै नसकिने गुन बनाउछु अब !! लोड्सेडिङ् बढेर अध्यारोछ देशमा, गरहणले नछुने जुन बनाउछु अब !! समर्थन मिलोस् "कृष्ण" लाई हजुरको, साहित्य रमाउने धुन बनाउछु अब !! बालकृष्ण भट्टराई, पिडीखोला,नौ,स्यङ्जा,­ हाल-मरुभुमी बाट।।।
Posted on: Sun, 07 Jul 2013 20:58:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015