माओवादी कमान्डर रुँदै - TopicsExpress



          

माओवादी कमान्डर रुँदै नेपाली काँग्रेसमा प्रवेश काठमाडौं, १४ भदौ । ‘दशवर्षे जनयुद्धमार्फत मुलुकमा आर्थिक विकासका ठुला सपना देख्ने हामी लडाकु आज रोजगारका लागि मलेसिया र खाडी जानेमात्र होइन, सुन्धाराका लजमा वेश्यावृत्तिसम्म अँगाल्न बाध्य भयौं ।’ माओवादी सशस्त्र द्वन्द्वका क्रममा बन्दुक बोकेर हिँडेका ‘लडाकु कमान्डर’ यमब...हादुर थापा ‘अरुण’ बिहिबार काँग्रेस मुख्यालयमा यस्तै दर्दनाक अभिव्यक्ति दिइरहेका थिए । ‘प्रचण्ड र बाबुरामको क्रान्तिले मुलुक त के एउटा नगरपालिका बनाउने क्षमता पनि राख्दो रहेनछ’ एमाओवादी नेवाः राज्य समितिका सदस्य एवं तत्कालीन ‘जनमुत्तिः सेना’ का कमान्डर रहेका थापाले भने । विगतमा एमाओवादी अधयक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराईको आदेशमा मर्न र मार्न तयार भएका थापा आफ्नो यौवन व्यर्थैमा खेर गएको भन्दै पश्चाताप पनि गरिरहेका थिए । यस्तै पश्चाताप गर्दै थापासहित एमाओवादी पूर्वप्लाटुन कमान्डरलगायत चार सय ४१ जना बिहिबार नेपाली काँग्रेस प्रवेश गरेका अन्नपूर्ण पोष्टमा समाचार छ ।
Posted on: Fri, 30 Aug 2013 20:24:18 +0000

Trending Topics



Recently Viewed Topics




© 2015