मोटरसाइकल दुर्घटनामा - TopicsExpress



          

मोटरसाइकल दुर्घटनामा आमाको ज्यान गयो, छोरा घाइते २१ श्रावण,काभ्रे - साउने सोमबारको दिन धनेश्वर महादेव बनेपामा दर्शन गर्न जाँदै गर्दा एक जना महिलाको मृत्यु भएको छ। पाँचखाल तीनपिप्लेबाट मोटरसाइकलमा आमालाई मन्दिर लगिदिँदै गर्दा बनेपा तरकारी बजारमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा चालक प्रदीप अधिकारीकी आमाको घटनास्थलमै मृत्यु भएको थियो। प्रदीप घाइते छन्। बा४५प ५५५२ नम्वरको मोटरसाइकलमा चढेर दर्शन जाँदै गर्दा सोही दिशाबाट गएको बा२ख ९६२९ नम्वरको टिपरले पछाडिबाट ठक्कर दिएको स्थानीयले बताएका छन्। स्थानीयका अनुसार मोटरसाइकललाई ठक्कर दिएपछि ढलेको र टिपरले हटाएर मारेको आरोप लगाएका छन्। आक्रोशित स्थानीयले टिपरले जलाउन लागेपछि अहिले यहाँ प्रहरी र स्थानीयबीच झडपको स्थिति छ। स्थिति सामान्य बनाउन बनेपामा व्यापक प्रहरी परिचालन गरिएको छ।
Posted on: Mon, 05 Aug 2013 07:13:34 +0000

Trending Topics



Recently Viewed Topics




© 2015