मोटरसाईकल र नगद - TopicsExpress



          

मोटरसाईकल र नगद लुटियो परासी, असार २५ - जमुनिया गाविसको सिसहनिया नजिकै नेपाल गण्डक पश्चिमी नहरको सडकमा एक युवकको मोटरसाईकल लुटपाट गरेका छन् । सोमवार साँझ बेलाटरीबाट एक भारतीय नम्बरको मोटरसाईकमा घर फर्किरहेका बडहरादुवौलिय २ का कौलेश्वर गुप्तालाई बाटोमा रोकेर मोटरसाईकल र उनीसँग भएको नगद समेत लुटेका हुन् । घर फर्किरहेको अस्थामा कुडिया ८ का प्रदिप भन्ने महेन्द्र गुप्ता दुई तिन जना नचिनेका ब्यक्तिहरुले आफ्नो युपी ५६ इ ४८०६ नम्बरको मोटरसाईकल र नगद रुपिया समेत लुटेको पीडित गुप्ताले जनाए । घर फर्कने क्रममा हात दिएर रोकेको र मोटरसाईकलको साँचो खोसेर आफूसँग भएको ४० हजार नगद खोसेर भागेको उनको भनाई छ । मोटरसाईकलको डिक्की (समान राख्ने भाडो) मा भएको कागजपत्र बाटोमा फालेको जुन प्रहरीले बरामद गरी आफूहरुलाई दिएको उनले बताए । उनले लुटेरालाई पक्राउ गरी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिइएका छन् ।
Posted on: Tue, 09 Jul 2013 21:50:01 +0000

Trending Topics



Recently Viewed Topics




© 2015