**मायाको झुटो खेती** np उसको - TopicsExpress



          

**मायाको झुटो खेती** np उसको न्यानो मायामा हराएकी थिए । न्यानो माया दिने गर्थ्यो रोएको बेला हसाउने गर्थ्यो। फ़ेसबुकमा भेट भयो पढाई को साथ साथ हाम्रो मायापिरती राम्रो चलेको थिय संग भेट नभए पनी फ़ेसबुक मार्फ़त भेट हुदा नजिकै भए जस्तो लाग्दथ्यो। मेरो एस एल सी परिक्षा नजिक थियो तर पनि मलाई केही जस्तो लागेन। विवस मलाई सावंतना दिने गर्थ्यो । उसैको साथ पाएर होला म हरेक दिन फ़ुरुंग पर्दै एसएलसी को तयारी गर्दै थिए परिक्षा आईहाल्यो उस्ले मेरो निजि मामिलामा हस्त्क्षेप गरेन पहिला परिक्षा सक अनि मात्र गफ़ गरौला भन्ने गर्थ्यो। साचिकै विवसलाई म आदर्शवान मानिस ठाने । आहा कति मिजास छ है उ हरेक पल सोध्ने गर्थ्यो खाना खायौ आफ़्नो हेल्थ बारे सोच पढाईमा ध्यान देउ टाईम मा सुत उसका यो कुराले म भुतुक्क हुने गर्थे। गर्दा गर्दै परिक्षा आयो अनि कसरी गयो मैले थाहा पाईन म फ़ुर्सदिलो थिए।दिनहु हाम्रो फ़ेसबुकमा राम्रो संग हिमचिम बढ्यो ।म उ संग भेट्ने इच्छा गरे उसले पनी काठमाडौमा भेट्ने कुरा गर्यो म मैले सहमती जनाए ।घरबाट फ़ुपुको घर जांछु भनेर काठमाडौ हानिए।साचिकै मेरो दिलको धड्कन मलाई बस पार्कमा कुरेर बसेको रहेछ। हामिहरु भेट भयौ।उ गेस्ट हाउसमा बस्दो रहेछ।सिधा गेस्ट हाउसमा लग्यो खाना खायौ अनि बाह घुम्न गयौ ।उसले अनेक कुराहरु गर्यो बिहे गर्ने कुरा गर्यो उसको मायामा पागल भएकी म मैन झै पग्लिए अनि स्वीक्रिती जनाए एकहप्ता सम्म संगै बस्यौ आईतबारको दिन बिहान उसले भन्यो तिमि बस म बाहिर गएर चिप्स लिएर आउछु।मैले हस भने उ बाहिरियो तर धेरै बेर सम्म पनी आएन मैले उसलाई फ़ोन गरे फ़ोन स्वीच अफ़ थियो। मनमा आगो बल्यो म छांगाबाट खसे जस्तै भए हातखुटा डगमगायो।आसुको भेल रोकिएन आफ़ुले माया गर्ने मानिसले माया जालमा पारी मेरो कुमारित्व लुट्यो सिउदो भर्ने आस्वासन स्रिफ़ सपना बनाई तुहाईदियो।मलाई त्यो ठाउमा एकछिन बस्न मन लागेन म घर फ़र्के। मेरो एसएलसी को रिजल्ट आयो म फ़ेल भएछु।दुईतिरबाट धोका खाए। त्यो दिनदेखी फ़ेसबुक मैले सधाको लागी डिएक्टिभ गरे। सबै कुरा भुलेर फ़ेरी पुरक परीक्षा दिएर बसेकी छु आजकाल लोग्ने मानिस देख्दा पनी बोल्न मन लाग्दैन ससार स्वार्थी रहेछ बल्ल बुझे आफ़्नो यौन ट्रिष्णा मेट्न मायाको जाल रच्नेहरु कहिलै सुख पाउनेछैनन अलबिदा।
Posted on: Mon, 01 Jul 2013 08:01:11 +0000

Trending Topics



Recently Viewed Topics




© 2015