यौन दुर्व्यवहारको - TopicsExpress



          

यौन दुर्व्यवहारको आरोपमा डाक्टर पक्राउ २० असोज, मोरङ । शल्यक्रिया गर्न आएकी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप नोबेल हस्पिटल विराटनगरका डाक्टर सञ्जिव जैसवाललाई प्रहरीले आइतबार नियन्त्रणमा लिएको छ । डा.जैसवालमाथि पित्तथैलीमा देखिएको पत्थरीको शल्याक्रिया गर्न हस्पिटलमा भर्ना भएकी सुनसरीकी ३८ बषिर्या एक महिलामाथि शनिबार राति यौन दुर्व्यवहार गर्न खोजेको आरोप लागेको छ । पीडित महिलाले शल्यक्रियाको लागि ८ बजे शरीर पुरै जाँच गर्नु पर्छ भन्दै डा.जैसवालले चेन्जिङ रुममा लगेर सवै लूगा खोल्न लगाई यौन दुर्व्यवहार गर्न खोजेको दावी गरेकी छिन् । आवश्यक अनुसन्धानका लागि डा.जैसवाललाई नियन्त्रणमा लिइएको मोरङका प्रहरी नायब उपरिक्षक दीपक पोखरेलले जानकारी दिनुभयो । -अर्जुन राजवंशीको सहयोगमा अनलाइनखबर
Posted on: Sun, 06 Oct 2013 15:09:22 +0000

Trending Topics



Recently Viewed Topics




© 2015