राणाकालिन प्रबिधी: बि.सं - TopicsExpress



          

राणाकालिन प्रबिधी: बि.सं १९९० सालको भुइचालो अगाडि सम्म पाटनको लगनखेल-जावलाखेल बाटोको दक्षिण तिरको gravelly soil जग्गामा धापमा जस्तै पानी जम्थ्यो र त्यहां हामी माछा मार्न जान्थ्यौं भनेको सुनेको। १९९० सालको भुइचालोमा शहरको घर मन्दिर भत्किन्दा आएको माटो रेलको लीक बिच्छ्याएर त्यस धापमा फालेर धापलाइ reclaim गरि मानभबन, बिक्रमभबन बनाएको रे। १९९० सालमा नै लीक बिच्छ्याएर माटो फाल्ने र धापक्षेत्रलाइ reclaim गर्ने प्रविधी नेपालमा प्रयोग भइसकेको रहेछ। चूरे पहाडमा टनेल खनेर vehicular accessible बाटो बनेको रहेछ। सुन्दरीजल पावरहाउसको penstock pipe लाइ tunnel खनेर त्यस भित्रबाट ल्याएको रहेछ। tunnel खन्ने प्रविधी पनि राणाकालमैं आइसकेको रहेछ।
Posted on: Sat, 05 Oct 2013 11:47:46 +0000

Trending Topics



Recently Viewed Topics




© 2015