(र)......... रसुवा, श्रावण १९ - ४ - TopicsExpress



          

(र)......... रसुवा, श्रावण १९ - ४ वर्षअघि लाङटाङ क्षेत्रमा हराएकी अमेरिकी युवती अबुरी कोरोलाइन साकोको हत्या गरिएको पुष्टि भएको छ । सन् २०१० मा पदयात्रामा आएकी २३ वर्षीया उनको पदयात्रा मागर् को रिभरसाइड क्षेत्रमा हत्या गरिएको खुलेको हो । हत्यापछि उनको शवलाई लाङटाङ खोलामा फालिएको बयान हत्यामा संलग्न व्यक्तिले केन्द्रीय प्रहरी अनुसन्धान व्युरोको टोलीलाई दिएको प्रहरी स्रोतले जनाएको छ । साकोको हत्यामा संलग्न लाङटाङका लाक्पा लोप्चन, पेम्बा लामा र जगत तामाङलाई व्युरो टोलीले पक्राउ गरेको छ । पेम्बाको बयानका आधारमा हत्या योजनाकार लोप्चनलाई पक्राउ गरिएको हो । स्रोतका अनुसार साकोको हत्या योजना आफूले बनाएको बयान लोप्चनले प्रहरीलाई दिएका छन् । पेम्बालाई व्युरो टोलीले बुधबार लाङटाङ लगी हत्या भएको स्थान र संलग्न अन्य व्यक्तिको पहिचान गरेको छ । रिभर साइडभन्दा केहीमाथि ठूलो ढुंगा नजिक लगेर हत्या गरी उनको शव खोलामा फालेको बयान अभियुक्तहरूले प्रहरीलाई दिएको स्रोतले जनाएको छ । उनका पासपोर्ट र अन्य कागजपत्र पनि शवसँगै खोलामा फालेको बयान दिएका छन् । क्यामेरा भने जगतले लगेका थिए । हत्या गरिएकी साकोको लुगा लोप्चनको घरमा भेटिएको प्रहरी स्रोतले जनाएको छ । हत्यामा संलग्न र प्रमाणहरू ब्युरो टोलीले शुक्रबार सदरमुकाम धुन्चे ल्याएको छ । साको २१ अपि्रल २०१० मा स्याप|mुबाट घोडातबेलास्थित लामा होटल गएको स्थानीयबासीले बताएका थिए । उनी २९ अपि्रलमा काठमाडौंबाट अमेरिका फर्किने भ्रमण तालिका थियो । भ्रमण तालिका अनुसार उनी नफर्केको तथा जिउँदो वा मरेको जानकारी पनि नआएपछि उनका ५६ वर्षीय बाबु पावेलले खोजी थालेका थिए । साकोले २० अपि्रलमा सदरमुकाम धुन्चेबाट अनलाईनमार्फत बाबु पावेलसँग अन्तिमपटक सम्पर्क गरेकी थिइन् । पावेलले त्यति बेला हेलिकोप्टर चार्टर गरी लाङटाङ र गोसाइँकुण्डका सबै ठाउँमा उनको खोजी गरेका थिए । अमेरिकाको कोलोराडो राज्यमा बसोबास गर्ने पावेल छोरी हराएपछि छोरा क्राफ्टलाई लिएर नेपाल आइपुगेका थिए । व्यापक खोजीपछि पनि साकोलाई भेटिएको थिएन । साको अमेरिकाबाट भारत हुँदै पहिलोपटक लाङटाङ पदयात्रामा आएकी थिइन् । उनी हराएपछि फेला पार्नेलाई परिवारले १ लाख डलर पुरस्कार घोषणा गरेको थियो । उनको अमेरिकाबाट जारी भएको राहदानी नम्बर ४६५७२०७२० थियो भने पर्यटन बोर्डबाट १०३३९२ नम्बरको टिम्स कार्ड लिएर लाङटाङ पदयात्रामा निस्केकी थिइन् । उनी बेपत्ता भएको १५ दिनपछि उनको खोजीमा प्रहरीका साथ पर्यटन बोर्ड, ट्राभल एजेन्ट्स एसोसिएसन (टान) लगायत संस्था जुटेका थिए । काठमाडौंस्थित अमेरिकी दूतावासले पनि उनको खोजीलाई निरन्तरता दिएको थियो ।
Posted on: Tue, 13 Aug 2013 13:18:03 +0000

Trending Topics



Recently Viewed Topics




© 2015