रसियामा भएको एउटा हिन्दु - TopicsExpress



          

रसियामा भएको एउटा हिन्दु मन्दिर त्यहाँको सरकारले भत्काउन लागेको रहेछ, र त्यसको बचौको लागि नेपालि हिन्दु मित्रहरुले अवाज उठाउनु भएको रहेछ, त्यो राम्रो कुरा हो । तर त्यहाँ केहि साथीहरुले यस्तो लेखेको पाइयो ..रसियामा हिन्दु मन्दिर भत्कायो भने नेपालमा चर्च भत्काउनु पर्छ रे .?. म यस्ता बिचार र सोच भएको हिन्दु भनि टोपल्ने टपरीहरुलाई सिधा भन्न चाहन्छु, मित्र त्यो मन्दिर रसियाको सरकारले कुनै कारणले भात्काउन खोजेको होला, नेपालको चर्चले होइन तर तपाइहरुले जुन एउटा निच कुरा कोट्याउदै हुनुहुन्छ नि, मेरो कुरा ध्यान दिनिहोस भन्ने नै हो भने "गौतम बुध्दको मुर्ति ढाल्दा, बुध्द मार्गिले हिन्दु मन्दिर भात्काउनु पर्छ अब भनेको भए के हुन्थ्यो होला ? - नेपालमा जन्मेको गौतम बुध्दको मुर्ति ढालेर सेप्टी ट्यांकी माथि राख्दा तिमीहरुलाई चर्चा बटुल्ने समाचार भयो । आज आएर रसिया भन्ने कहाँ हो कहाको देशले हिन्दुको मन्दिर भत्काउने कुरा सुन्दा तिमीहरुलाई हिदुत्वाको यति माया भयो कि - नेपालमा चर्च भत्काउछु भन्छौ । शरीरमा कपडा भए पनि तिमीहरु नांगै रहेछौ । मेरो यी शब्दहरु तिनीहरुको लागि मात्र हुन् जसले - चर्च सम्बन्धि खराब तरका राखेका थिए । इतिहास पढ्नुहोस् हिजो त्यहि रसिया सरकार हो, जसले सयौंको संख्यामा चर्चहरु नष्ट गर्यो, धर्म प्रतिबन्धित गर्यो, लाखौँ लाख क्रिश्चियनको हत्या गर्यो । ठुला ठुला क्रिश्चियन अगुवाहरुलाई आजीवन थुन्यो । अहिले आएर मन्दिर भत्काउन लाग्यो , अब फेरि दोष आउछ नेपालमा भएको चर्चलाइ । म कसैको धर्म प्रति प्रहर गर्ने सोचमा लेख्दै छुइन तर लेखेको छु तिनीहरुको लागि जसले आफुलाई, सनतान धर्मको क्रियाशील व्यक्ति ठान्दै धार्मिक ध्वन्द चर्काउन खोज्दै छ । रसिया प्रति रिस भएमा हिन्दु साथीहरु हो रसियाको राजदुतलाई गएर घेर्नुहोस तर आफ्नो थालमा भात छैन भनेर कुकुरको थाल कोट्याउँन नजानुहोस । - धार्मिक कुरालाई अगाडी राख्दै षड्यन्त्रलाइ उठाउने हो भने, बुध्द जन्मेको देशमा यो हिन्दु धर्म पनि स्वीकार नहुनु पर्ने हो होइन र ? - तर समाजमा दाजु-भाइ मिलेर रहनु सबै भन्दा मनोहर कुरा हो ।
Posted on: Sat, 10 Aug 2013 14:21:02 +0000

Trending Topics



Recently Viewed Topics




© 2015