वैद्य माओवादी आगोको - TopicsExpress



          

वैद्य माओवादी आगोको झिल्को हो, डढेलो लगाउन सक्छ : बाबुराम काठमाडौं, भदौ २९ - केही दिन अघिसम्म एकीकृत माओवादीका नेताहरु ‘नेकपा माओवादीसँग संविधान सभा चुनाव भाँडने हैसियत छैन’ भन्थे । तर अहिले नेकपा माओवादीप्रतिको उनीहरुको धारणा फेरिन थालेको छ । र अहिले उनीहरु भनिरहेका छन ‘नेकपा माओवादी आगोको झिल्का हो ।’ अहिले नेकपा माओवादीलाई आगोको झिल्का देख्ने व्यक्तिमा सबैभन्दा अगाडि हुनुहुन्छ, एकीकृत नेकपा माओवादीका नेता बाबुराम भट्टराई । एकीकृत नेकपा माओवादीले मंसिरमा चुनाव नचाहेको भनेर आरोप लागीरहेका बेला चुनाव सार्ने नेकपा माओवादीको प्रस्तावलाई समर्थन गर्दै भट्टराईको अभिव्यक्त सार्वजनिक भएको छ । वैद्य नेतृत्वको नेकपा माओवादीलाई आगोको झिल्काको संज्ञा दिँदै बाबुराम भट्टराईले नेकपा माओवादीको प्रस्ताव स्वागत गर्दै स्वीकार गर्नुपर्नेमा जोड दिनुभएको छ । वैद्यले अगाडि राखेका कुन कुन माग पुरा गर्ने भन्नेबारेमा स्पष्ट उल्लेख नगरेका भट्टराईले वैद्यको प्रस्ताव स्वीकार गरेर नेकपा माओवादीलाई चुनावमा भाग लिने वातावरण बनाउनु पर्ने उल्लेख गर्नुभएको छ । ‘आगोको झिल्कोलाई साने भनेर हेप्नु हुँदैन भनेझै राजनीतिमा फरक मत राख्नेलाई कहिल्यै नजर अन्दाज गर्नुहुँदैन’, भट्टराईले फेसबुक मार्फत भन्नुभएको छ ‘दोस्रो संविधान सभा निर्वाचनको विरोध गर्दै आईरहेको मोहन वैद्यले नेतृत्व गरेको नेकपा माओवादीले हालै आफ्नो पुरानो नीति बदलेर केही शर्त सहित चुनावमा भाग लिने निर्णय गरेकोलाई सबैले स्वागत गर्नुपर्छ ।’ भट्टराईले अगाडि भन्नुभएको छ ‘उसलाई भाग लिने वातावरण बनाईदिनु बुद्धिमानी हुन्छ । नत्र एउटै झिल्कोले डढेलो लगाउन सक्छ भने झै भोलि सबैले पछुताउनु पर्ने हुन सक्छ ।’ भट्टराईको यो पछिल्लो प्रतिक्रियाले अब केही दिन नेपालको राजनीति चुनाव सार्ने वा नसार्ने, मन्त्रिपरिषदका अध्यक्ष खिलराज रेग्मीले प्रधान्यायाधीशबाट राजिनामा दिने नदिने र गोलमेच सम्मेलन गर्ने नगर्ने भन्नेमा बित्ने देखिएको छ ।
Posted on: Sun, 15 Sep 2013 01:42:35 +0000

Trending Topics



Recently Viewed Topics




© 2015