शिक्षिका र आमाको - TopicsExpress



          

शिक्षिका र आमाको कुटाईबाट बच्न ९ वर्षे बालकको अपहरण नाटक, ६ जिल्लामा खैलाबैला १८ साउन, काठमाण्डौं । नौं वर्षका स्कुले बालकले आफू अपहरणमा परेको नाटक गरेपछि बिहीबार दिनभर दोलखा, रामेछाप, काभ्रे, सिन्धुपाल्चोक, भक्तपुर र काठमाण्डौंसम्म खैलाबैला भयो । तर, साँझमात्र, बालकले भनिदिए, शिक्षक र आमाको पिटाईबाट बच्न अपहरणको नाटक गरेको हुँ । भीमेश्वर नगरपालिका १ तार्थलीनिवासी नौ बर्षका विवेक राउत बिहीबार बिहान पौने १० बजे त्रिपुरा बोडिङ स्कूलतर्फ गएका थिए । तर, उनले आफू बीचमै अपहरणमा परेको तर फिल्मी शैलीमा भागेको बयान दिएका थिए । ‘म त ट्याक्सीको ढोका खोलेर हामफालेर आएँ, तर अर्की बालिकालाई उनीहरुले गाडीमा राखेर लगे,’ विवेकले भनेपछि उद्धारमा प्रहरी परिचालन भएको थियो । अपहरित अर्की बालिका को हुन् र उनलाई अपहरणकारीले कता लगे भनेर सुरक्षाकर्मीले खोजबिन सुरु गरेका थिए । एक अज्ञात बालिका अपहरणमा परेको समाचार स्थानीय रेडियोहरुले भन्न थालेपछि दोलखा र आसपासका क्षेत्रमा सनसनी फैलिएको आजको नयाँ पत्रिकासहितका दैनिक पत्रिकामा खबर छ । बिहान बहिनी बिपिका केसी (मामाकी छोरी)का साथ स्कुल हिँडेका विवेकले आफूलाई चारजनाले अपहरण गरी ट्याक्सीमा हालेर लगेको बताएका थिए । चरिकोटको बीच बजारमा पुगेपछि ट्याक्सीको ढोका खोलेर हामफालेर ज्यान जोगाएको भन्दै करिब १० बजेतिर उनी घर पुगेका थिए । विद्यालय जानेक्रममा चरिकोटस्थित भालुखोलाबाट अज्ञातसमूहको अपहरणमा पेको र उनीहरुलाई छक्याएर भाग्न सफल भएको बयान उनले प्रहरीलाई दिएका थिए । अपहरणकारीले दुईटा गाडी प्रयोग गरेको पनि उनले बताएका थिए । बहिनी बिपिकालार्य चरिकोटको मुख्य सडक कटाएर बोडिङको गेटनजिक पुर्‍याई विवेक बजारतिर लागेका थिए । उनले कालिन्चोकको जंगलमा गएर किताबकापीसहितको झोला फालेर आफू अपहरणमा परेको भन्दै रुदै कराउँदै घर फर्किएका थिए । तर प्रहरीले दिनभर गरेको खोजतलास र छानबिनबाट विवेकलाई प्रहरीले अपहरण गरेको नभई उनैले विद्यालय शिक्षिका र आमाबाट बच्न यस्तो नाटक गरेको तथ्य पत्ता लगाएको थियो । उनी गणित विषयमा कमजोर भएको र विषय शिक्षिकाले आमालाई सचेत गराएकाले उनीहरुको कुटाइबाट बच्च विवेकले यस्तो नाटक गरेको प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । आमा भगवतीले पनि छोराले पढाईमा भन्दा टिभी, फिल्म र कम्प्युटरमा रुची राख्ने भएकाले आफूले हेरेका फिल्म अनुसार नै अपहरण भएको नाटक गरेको हुनसक्ने बताइन् ।
Posted on: Fri, 02 Aug 2013 15:20:00 +0000

Trending Topics



:30px;">
Father your word says that you have plans for us; plans to prosper
Congress premi please look in to that matter.....then deside age

Recently Viewed Topics




© 2015